२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

अनेमसंघको महाधिवेशन केन्द्रित भेला

आइतवार , मंसिर ५, २०७८

चितवन, ५ मंसिर । 
अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति चितवनले १० औं राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल गरेको छ ।

आइतबार भरतपुरमा आयोजित कार्यक्रमा अनेमसंघ केन्द्रीय प्रचार विभाग प्रमुख शर्मिला कार्कीले महाधिवेशनमा महिलाहरुको सहभागिता राम्रो रहने बताइन् । उनले प्रतिनिधिका रुपमा चितवन आउने महिलाहरुको खानपान, सुरक्षा र स्वाथ्यको विषयमा अनेमसंघ गम्भीर भएको बताइन् ।

कार्यक्रममा अनेमसंघ सचिवालय सदस्य एवं पूर्वमन्त्री सरस्वती बस्नेतले चितवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन हुने चितवनका लागि अवसरसंगै चुनौती भएको बताइन् । उनले महाधिवेशनमा धेरै भन्दा धेरै महिला सहभागी गराउनेतर्फ तयारी थाल्नुपर्नेमा जोड दिइन् । महाधिवेशनमा आउने सहभागीलाई अनेमसंघको तर्फबाट स्वागतद्वारमार्फत स्वागत गर्ने तयारी भइरहेको बस्नेतले बताइन् ।

अनेमसंघको केन्द्रीय कमिटी, प्रदेश कमिटी र स्थानीय तहको गरी तीन स्थानमा स्वागतद्वार राख्ने निर्णय भएर काम अगाडि बढाइएको अनेमसंघकी केन्द्रीय सदस्य शान्ति अधिकारीले जानकारी दिइन् ।