२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

कोभिडका कारण अभिभावक गुमाएका १६९ बालबालिकाको व्यवस्थापन गरिने

शुक्रवार , मंसिर ३, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौँ, ३ मङ्सिर। राष्ट्रिय बालअधिकार परिषद्ले कोभिडका कारण अभिभावक बिहिन भएका १६९ बालबालिकाको व्यवस्थापन सुरु गरेको छ । अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा आज आयोजित नेपालमा बाल अधिकार स्थिति प्रतिबेदन सार्वजनिकरण कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयमसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्लन गरिएको बताए।

    यी बालबालिकाको राज्यले अभिभाकत्व ग्रहण गर्ने नीतिअनुसार खोजी गरिएको उनले बताए । वर्षौँ पहिले हराएका कतिपय बालबाबालिका विदेशसमेतमा भेटिएको उनले बताए । उनले भने, “बाल हेल्पलाइन सेवा र बालबालिका खोजतलास सेवाको विस्तार तथा सुदृढीकरण गरी राष्ट्रिय बाल संरक्षण प्रणाली मजबुत बनाउन जरुरी छ ।”

    एकात्मक राज्य व्यवस्था हुँदा जिल्ला विकास समिति र गाउँ विकास समितिले वार्षिक बजेटको १० प्रतिशत छुट्टाउनुपर्ने व्यवस्था गरिएको भए पनि अहिले तीन तहको सरकार हुँदा त्यो हटेको कार्यकारी अधिकृत धरेलले बताए । कतिपय पालिकाले बालबालिकाको क्षेत्रमा उचित बजेट व्यवस्थापन गरे पनि कतिपयले नगरेको उनले बताए । बालबालिकासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार स्थानीय बाल अधिकार समिति गठन आवश्यक भएको उनले बताए । उनले भने, “स्थानीय तहमा  बाल कल्याण अधिकारीको नियुक्ति गरेर बालकोषको स्थापना गर्नुपर्छ ।”

    मन्त्रालयका उपसचिव शान्तिराज प्रसाइँले स्थानीय तहमा बाल मनोबिज्ञ राख्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको बताए । अहिले स्थानीय तहमा कर्मचारी नियुक्ति गर्न समस्या रहेको उनको भनाइ छ । उनले भने, “बाल मनोविज्ञ राख्न पनि सङ्घले नै स्वीकृति दिनुपर्छ ।” रासस