२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

सर्वोच्चमा तोकियो सबै खाले मुद्दामा पेसी

बिहिवार , मंसिर २, २०७८

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौँ, २ मङ्सिर। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले नौवटा इजलासमा पेसी तोके पनि  आफ्ना लागि भने कुनै पनि इजालास तोकेका छैनन्।

    तोकिएका पेसीमध्ये एउटा पूर्ण इजालास, सातवटा संयुक्त र एउटा  एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।  प्रधान न्यायाधीश क्षेत्राधिकारभन्दा बाहिर गएको  आरोप लगाउँदै गत कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले मुद्दाको सुनुवाई गर्न इन्कार गर्दै आए पनि बीचबीचमा बन्दीको मुद्दामा भने सुनुवाइ भएको थियो । रासस