२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

रुपन्देहीमा कात्तिक महिनामा लागुऔषधसहित १७ जना पक्राउ

बुधवार , मंसिर १, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १ मंसिर ।
    रुपन्देही प्रहरीले एक महिनाको अवधिमा लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । लागुऔषधविरुद्ध विशेष अप्रेशन अन्तर्गत कात्तिक महिनामा १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    अभियान अन्तर्गत प्रहरीले कात्तिक १ गतेदेखि ३० गतेसम्म ४७ ग्राम ५५० मिलिग्राम, अवैध लागुऔषध (ब्राउनसुगर), १०५ ट्याब्लेट नाइट्राजेपाम २३, डाईजेपाम २३, फेनारागन २३, नुफिन १३, टालजेसिक २३ ट्याब्लेट, १ वटा मोटरसाइकल र मोबाइल थान–३ बरामद गरी १७ जनाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा १५ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

    पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–२ मुडिलाका निरज यादव, मर्चवारी गाउँपालिका–५ का राहुल पाण्डे, कञ्चन गाउँपालिका–४ भैरवघाटका मोहन सुनार, प्रदिप पुनले, नन्द कुमार दर्जी र कञ्चन–१ सानो उकालीका सिमा कुमारी श्रीस रहेका छन् ।

    त्यस्तै चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने दिपेन्द्र सुनार रजि, नवलपरासी (पश्चिम) गैडाकोट नगरपालिका–१ का ३४ वर्षिय नकुल वि.क., तिलोत्तमा नगरपालिका–४ शिवनगरका शंकर नेपाली, केशव गिरी, बुटबल उपमहानगरपालिका–११ का दिपक नेपाली पक्राउ परेका छन् ।

    चितवन साविक दारेचोक गा.वि.स.–४ स्थायी घर भइ हाल बुटवल–१७ रानिगन्ज बस्ने रवि लामा, बुटवल–२ का ३८ वर्षिय राजु थापा क्षेत्री, बुटवल–११ देवीनगरका ४८ वर्षिय सुर्य प्रसाद ज्ञवालीलाई प्रहरी पक्राउ गरेको छ ।

    त्यसै गरी बुटवल–१४ का निर्मल भारती, प्रतापुर गाउँपालिका, ५ नवलपरासीका मोहम्मद अफ्रोज, बुटलल–१ का सम्झना हलुवाईलाई प्रहरी पक्राउ गरेको छ ।