images

आइतवार, बैशाख २३ गते २०८१

दशैंपछि दोब्बरले बढ्यो तरकारीको मुल्य 

दशैंपछि दोब्बरले बढ्यो तरकारीको मुल्य 

images
images
images
बुधवार, मंसिर १ २०७८
बुधवार, मंसिर १ २०७८
  • दशैंपछि दोब्बरले बढ्यो तरकारीको मुल्य 

    बुटवल । बुटवल गोलपार्कमा २ वर्ष पहिले मात्रै गुल्मीबाट झरेका अर्जुन पाण्डे आफ्नो ३ जनाको परिवार सहित बस्दै आएका छन्। दैनिक उपभोग्य बस्तुको मुल्य किराना पसलमा महंगो भएकोले हाटबजारमा सस्तो तरकारीहरु खोज्दै आए। केही समय पहिले तरकारी किन्दा न्युन रहेको तरकारीको मूल्य अहिले छोईनसक्नु छ । दुई सयको तरकारी किन्दा १ हप्ता पुग्नेगरेको सुनाउँदै उनले अहिले २०० रुपैयाँमा एउटा तरकारी मात्रै पाईने गरेको गुनासो गर्छन् । ‘६ महिनाको सुत्केरी श्रीमती छन्, हरियो परियो अनि ताजा तरकारी खुवाउनको लागि किन्न आउँदा किन्न नसक्ने अवस्था आयो।’– दशै तिहारमा घरमा गएका उनले भने – ‘पहिले गरिरहेको जागीर अहिले छैन, अब जागरि खोज्नुपर्नेछ, यस्तै रहे एक महिनामै भोकै मरिन्छ ।’

    images
    images
    images

    उनी मात्रै होईन् बुटवल लक्ष्मीनगर डेरा गरि बस्दै आएकी भूमिका पन्थी पनि पछिल्लो समय तरकारीका मुल्य बढिरहेको बताउँछीन् । दशै तिहार लक्षीत मुल्यबृद्धि भएको आफुले महशुस गरेको बताउँदै यसले न्युन आय भएका ब्यक्तिहरुलाई निकै समस्यामा पारेको बताउँछीन् । उनी भन्छीन् ‘हामी जस्ता निम्न आय र कमाई गर्ने नागरिकले यस्तै हो भने त कसरी जीवन निर्वाह गर्ने ।’

    यी दुई प्रतिनिधिमूलक पात्र मात्र हुन्, यी जस्तै सबैजसो ब्यक्तिहरु तरकारीको बजारमूल्य सुन्दा नै तर्सीन्छन्। दैनिक उपभोग्य तरकारी महंगीएर आकाशिएको छ । अन्य बिभिन्न कुराहरुमा आवाज उठाउने अधिकारवादीहरु यो विषयमा भने मौन छन् ।

    दशैंपछि दोब्बरले बढ्यो तरकारीको मूल्य

    दशैं तिहारपछि महङ्गी कम हुने आश गरेका निम्न आय भएका नागरिकलाई झन मूल्य बढेपछि समस्यामा परेका छन् । तरकारीको मूल्य १ महिनामै दोब्बरले बढेको तथ्यांक छ । कात्तिकको पहिलो हप्ताको तुलनामा महिनाको अन्त्यसम्म आईपुग्दा मूल्य दोब्बरले बढेको छ।

    सिमी, भिन्डी, घिरौंला लगायतको मूल्य दोब्बर रुपमा नै वृद्धि भएको छ । बुटवल कृषि उपज तथा कृषि बजारका अनुसार कात्तिक १ गते प्रतिकिलो ७० रुपैयाँमा बिक्रि भएको सिमीको मूल्य बढेर १३५ रुपैयाँ भएको छ भने कात्तिकको सुरुमा ३७ रुपियाँ पर्ने लोकाको मूल्य बढेर अहिले ७३ रुपैयाँ पुगेको छ ।

    यस्तै कात्तिक १ गते प्रतिकिलो ४२ रुपैयाँमा कारोबार भएको भिन्डीको मूल्य बढेर १०० रुपैयाँ पुगेको छ । कृषि उपज तथा कृषि बजारको तथ्याङ्क अनुसार कात्तिकको पहिलो दिन वोडि प्रतिकिलो ८०, रातो आलु ३३, सेतो आलु ३२, प्याज ६८, लसुन १६६, अदुवा ५०, घिरौला ८५, भान्टा ३२, खुसार्नी ८०, टमाटर ९०, फर्सी २०, बन्दा गोपि २५, फुल गोपि ८०, मुला ६५, गाजर, ११०, पिडालु ३०, करेला ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार भने वोडि प्रतिकिलो १४०, रातो आलु ४०, सेतो आलु ४३, प्याज ५६, लसुन १६९, अदुवा ५०, घिरौला ८५, भान्टा ४५, खुसार्नी ५२, टमाटर ९५, फर्सी ३०, बन्दा गोपि १८, फुल गोपि ९०, मुला ३५, गाजर, १४०, पिडालु ३३, करेला ८० रुपियाँमा कारोबार भएको कृषि उपज तथा कृषि बजारका अध्यक्ष गोपाल भुसालले बताए ।साथै खुर्सानी, बन्दा गोपि र मुलाको मूल्य भने कात्तिक पहिलो हप्ताको तुलनामा सामन्य रुपमा घटेको छ ।

    उत्पादन घट्दा महंगी बढ्यो

    कृषि उपज तथा कृषि बजारका अध्यक्ष गोपाल भुसाल उत्पादनमा आएको कमीले बजारमूल्य बढेको बताउँछन् । उनले अहिले वर्षाको समयमा धेरै पानी परेकोले मूल्य बृद्धि भएको बताए । दशैको समयमा मुल्य बृद्धि सधै हुने भएपनि त्यसपछि घट्ने गरेको भएपनि अझै केही समय लाग्ने उनको भनाई छ । कृषि उपजको मूल्यमा बढिमा १५ प्रतिशत बढाएर मात्रै बेच्न पाईने उनले जानकारी दिए। रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij