२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस

मंगलवार , कार्तिक ३०, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौँ, ३० कात्तिक। नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा सिफारिस समितिका अनुसार जनपद प्रहरी समूहतर्फका उनीहरुलाई सोमबारको निर्णय अनुसार बढुवाका लागि सिफारिस गरिएको हो । गृहसचिवका नेतृत्वमा सिफारिस समिति रहेको हुन्छ ।

    एसएसपीमा बढुवा सिफारिस हुने प्रहरी अधिकृतमा काठमाडौँ उपत्यका प्रहरी शिक्षालयका विकासराज खनाल, प्रदेश नं १ प्रहरी कार्यालयका सुदिप राजभण्डारी, मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विबेदी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका राजेन्द्रसिंह खड्का छन् ।

    यस्तै लुम्बिनी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गणका योगबहादुर पाल, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका टीकाबहादुर केसी, प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालका ध्रुवराज राउत र काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणका भोलाबहादुर रावलको पनि एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । रासस