
सोमवार , कार्तिक २९, २०७८
धनकुटा, २९ कात्तिक ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले अझै शक्तिशाली बन्ने दावी गरेका छन् । एमाले धनकुटाले सोमबार शहीदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउने चुनावबाट एमाले ठूलो पार्टी बन्ने दावी गरे ।
मुलुकका हरेक परिवर्तनमा शहीदहरूको बलिदानी रहेको चर्चा गर्दै अध्यक्ष ओलीले ‘छिन्ताङ्ग हत्याकाण्ड’ सहित सबै घटनाका शहीदका सपना साकार पार्ने बताए ।
विसं २०३६ मा भएको छिन्ताङ्ग हत्याकाण्डमा मारिएका १६ जना शहीदको ४३औँ स्मिृति दिवसका अवसरमा एमालेले सभा आयोजना गरेको हो । सभालाई एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, एमाले नेता दुर्गा प्रसाईं, एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई, शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई लगायतले सम्बोधन गरेका थिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij