२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

सर्वोच्चमा बन्दीका मुद्दामा पनि भएन सुुनुवाइ

शुक्रवार , कार्तिक २६, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौँ, २६ कात्तिक। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो तर न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन ।

    प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी तोकेका थिए। तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेञ्च नबसेको’ भनेर जनाइएको छ । यसअघि न्यायाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्नुभएको थियो तर आज ती मुद्दामा पनि सुनुवाइ भएन । यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरुले मुद्दामा सुनुवाइ गर्न इन्कार गरेका थिए।

    बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।  रासस