२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

एमालेको पार्टी सदस्यता आठ लाख पुग्यो

शुक्रवार , कार्तिक २६, २०७८

काठमाडौं, २६ कात्तिक ।
नेकपा (एमाले)को पार्टी सदस्यता संख्या करिब आठ लाख पुगेको छ । दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तीमध्ये ५ लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका छन् । एमालेको नवौं महाधिवेशनमा पाँच लाख ९१ हजार संगठित सदस्य रहेको थिए । पार्टीको दशौँ महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार संगठित सदस्य थप गरेको छ ।

एमालेको दशौँ महाधिवेशन यही मंसिर १० देखि १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा २०७७ चैत मसान्तसम्म सदस्यता लिएका व्यक्तिले मात्र महाधिवेशनमा प्रतिनिधि चयन हुन पाउनेछन् । एमाले महाधिवेशनका लागि कात्तिक २७ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्दैछ । महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । रासस