२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका विवरण पठाउन एमालेको निर्देशन

बिहिवार , कार्तिक २५, २०७८

काठमाडौं, २५ कात्तिक ।
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिवेशनका लागि एक हजार ९ सय ९९ प्रतिनिधि छनोट हुनेछन् । 

एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभरका कमिटीका निर्वाचन तोकेको छ । सो पार्टीको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । हाल एमालेका सात लाख ३० हजार संगिठत सदस्य रहेका छन् । एमालेले बाँकी रहेका पालिका वा वडा अधिवेशन यही कात्तिक २५ गतेभित्र सक्न यसअघि निर्देशन दिइसकेको छ ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंसिर ११ गते विद्युतीय उपकरणका माध्यमबाट केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन सुरु हुने उल्लेख गर्दै सौराहामा बन्दसत्र, भोजन, आवास लगायतका व्यवस्थापन हुने जानकारी दिए । उनले नारायणी किनारमा अध्यक्ष केपी शर्मा ओलीबाट हुने उद्घाटन सत्रमा चितवन आसपासका समेत गरेर पाँच लाख नेता कार्यकर्ताको सहभागिता गराइने बताए । उनले प्रचारप्रसार पूर्ण रूपमा डिजिटल गरिने भएकाले भित्तेलेखन आदि नगरिने बताए ।

एमालेले नेता रामबहादुर थापा (बादल) को संयोजकत्वमा २३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको थियो । रासस