२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

स्थानीय निर्वाचनमा अत्यधिक मत पाउँछौँ : केपी ओली

सोमवार , कार्तिक २२, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • मोरङ, २२ कात्तिक ।
    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दावी गरेका छन् ।

    एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल संवत–११४२, इद, छठ पर्व, उद्योली–उभौली लगायत राष्ट्रिय चाडको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले एमालेले जनताको मनमा बस्ने गरी विकास निर्माणको काम गरेका कारण आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा संघीय पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, प्रदेशसभाका सदस्य, पार्टी जिल्लास्तरीय कार्यकर्ता एवं सर्वसाधारण नागरिकको उपस्थिति थियो । रासस