images

शुक्रवार, बैशाख २१ गते २०८१

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

images
images
images
शनिवार, कार्तिक २० २०७८
शनिवार, कार्तिक २० २०७८
  • एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

    काठमाडौं, २० कात्तिक ।
    नेकपा (एमाले) ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ ।
         
     एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एक तिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको छ । 

     सो पार्टीले आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि एक तिहाइ महिला प्रतिनिधि र केन्द्रीय कमिटीमा सोही अनुपानमा अनिवार्य प्रतिनिधित्व गराउने निश्चित भएको छ । एमालेले यही कात्तिक ६ गते वडा र ९ गते पालिकास्तरमा अधिवेशनका लागि मिति तय गरेकामा अधिकांशमा नयाँ नेतृत्व चयन हुँदा विधानको उक्त व्यवस्था कार्यान्वयन भएको छ । बाँकी रहेका अधिवेशन यही कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी छ भने दशौँ महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
         
     नेपालको संविधानले राज्यका हरेक संरचनामा न्यूनतम् एक तिहाइ महिलाको प्रतिनित्वि सुनिश्चित गरेपछि राजनीतिक दलको विधानमा व्यवस्था गरी यसको कार्यान्वयन गर्नेमा सम्भवतः एमाले पहिलो पार्टी बन्दैछ । एमालेका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले राज्यका सबै तहमा ३३ प्रतिशत अनिवार्य महिलाको व्यवस्था विश्वका ठूला र विकसित भनिएका संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतजस्ता मुलुकमा पनि प्रबन्ध नभएको स्मरण गराए । 
     
     नेता थापाले भने, “संविधानमा भएको व्यवस्थालाई पार्टीका हिसाबले हामीले थालनी गर्दछौँ । सामाजिक वस्तुस्थितिको पुनःसंरचनाका दृष्टिले यो कोशेढुंगा हो । यसलाई क्रमशः बढाएर ५० प्रतिशतसम्म लैजाने पार्टीको सोच रहेको छ । यसले गर्दा समाजका सबै वर्गमा पार्टीप्रति सकारात्मक सन्देश पैदा भएको छ र अरु पार्टीका लागि पनि यो अनुकरणीय हुन सक्छ ।”

     विसं २०६२÷०६३ को लोकतान्त्रिक जनआन्दोलनबाट पुनःस्थापित संसदमा राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संकल्प प्रस्ताव एमालेका तत्कालीन नेत्री एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राखेकी थिइन् । उक्त प्रस्ताव पारित भएपछि त्यसले संविधानः प्रबन्धका लागि सहजीकरण गरेको थियो ।

    एमालेको वाग्मती प्रदेश कमिटीका सदस्य वृन्दा ढुंगानाले पार्टी विधानको उक्त व्यवस्थाले महिलाहरुमा नेतृत्वका लागि उत्साह थपेको बताउँदै अब पार्टीको संगठित सदस्यता पनि ३३ प्रतिशत महिला पुर्याउने गरी लागिने बताइन् । ढुंगानाले आफ्नो गृह जिल्ला नुवाकोटको लिखु गाउँपालिकाको अधिवेशनले कमिटीको अध्यक्षमा महिला प्रतिनिधि दुर्गा पुडासैनी निर्वाचित भएको र अधिकांश वडा तहमा विधानबमोजिम महिला प्रतिनिधित्व भएको जानकारी दिइन् ।

     एमालेले दशौँ महाधिवेशनका लागि प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा दुई महिलासहित पाँच जना दरले निर्वाचित प्रतिनिधि हुने व्यवस्था गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका १ हजार २ सयसम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जना, सो सख्यामा ८ सयसम्म सदस्य थप भएमा थप एक जना, एक हजार ६ सयसम्म सदस्य थप भएमा थप दुई जना, दुई  हजार ४ सयसम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा प्रतिनिधि तथा तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक महिला अनिवार्य गर्न सर्कुलर गरिएको छ ।     

     महाधिवेशनले एक तिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी कात्तिक २७ गते देशैभरि एकसाथ देहायबमोजिम गरिने जनाइएको छ ।

     देशभित्रका विशेष जिल्लाअन्तर्गतका एक हजार २०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित प्रतिनिधि हुनेछन् । सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप एक जना, एक हजार ६ सयसम्म सदस्य थप भएमा थप दुई जना, दुई हजार ४ सयसम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित प्रतिनिधि हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनेछन् ।
          
     देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एक जना प्रतिनिधि र सो सङ्ख्यामा ५ सयसम्म सदस्य थप भएमा थप एक जना, १ हजार सम्म सदस्य थप भएमा थप दुई जना, १ हजार ५ सयसम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा दलित प्रतिनिधि निर्वाचित हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनेछन् ।

    भूगोलका प्रदेशअन्तर्गतका मजदूर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रनितनिधि, भारत, अमेरिका (क्यानडासमेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधिलाई आधार मानिनेछ । 

     पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गत पार्टी सदस्यबाट निर्वाचित हुने कम्तीमा दुई महिलासहित ५ जना प्रतिनिधि रहने छन् । विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्नेछन् । स्वदेशका  २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि गरी कूल १ हजार ९ सय ९९ प्रतिनिधि रहनेछन् ।
         
     महाधिवेशनको मूल व्यवस्थापन समितिको कार्यालय भरतपुरस्थित जिल्ला पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक १५ गते सम्पर्क कार्यालय शुभारम्भ गरिसकेका छन् । रासस

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij