images

शुक्रवार, बैशाख २१ गते २०८१

लोकतन्त्र कमजोर बनाउने खेल भइरहेको छ : शंकर पोखरेल

लोकतन्त्र कमजोर बनाउने खेल भइरहेको छ : शंकर पोखरेल

images
images
images
बिहिवार, कार्तिक १८ २०७८
बिहिवार, कार्तिक १८ २०७८
  • लोकतन्त्र कमजोर बनाउने खेल भइरहेको छ : शंकर पोखरेल

    देउखुरी, १८ कात्तिक ।
    नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको न्यायाधीश नै विभाजन भइ आन्दोलनको अवस्थामा पुग्नु भनेको लोकतन्त्र कमजोर बनाउने खेल भएको बताएका छन् ।
    प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कानून पढेका बुझेका, जानेकाले न्यायालयलाई बन्दी बनाउन नहुनेमा जोड दिए । नेता पोखरेलले जनताको आवश्यकता, दीर्घकालीन विकास निर्माण र पूर्वाधारका क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक प्रगतिमा रोक लगाउने कामले जनतामा निराशा छाएको बताए । उनले ओली नेतृत्वको सरकारले ल्याएको एक हजार ४ सय सडक आयोजना खारेज गर्दा त्यसको असर समग्र अर्थतन्त्रमा परेको आरोप लगाए ।

    images
    images
    images

    उनले एमालेले जनताको जनमतलाई उच्च सम्मान गरेर अघि बढेको हुँदा सरकार बाहिर रहे पनि जनताकै साथमा रहेको उल्लेख गर्दै अहिले एमाले दशौँ महाधिवेशनमा केन्द्रित भएको जानकारी दिए । उनले भने, “एमाले एकतावद्ध छ भन्ने कुराको सन्देश हालै सम्पन्न देशभर वडा र पालिका अधिवेशन एकै पटक गरेर उदाहरण दिएको छ । एमालेले देखाएको व्यवस्थापन अरु दलले देखाउन सक्छन् कि सक्दैनन् भन्ने विषय चुनौतीपूर्ण छ ।”

    विधान अधिवेशन, नीति निर्माणसँगै नेतृत्व निर्माणका लागि आसन्न दशौँ महाधिवेशनको प्रक्रिया अघि बढेको हुँदा नेकपा एमाले थप बलियो, संगठित बनेर अघि बढ्ने संकल्प गरेको उनले बताए । प्रेस चौतारीका जिल्ला उपाध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij