२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगर–४ को अध्यक्षमा आदर्श सेञ्चुरी

बिहिवार , कार्तिक १८, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १८ कात्तिक ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को प्रथम वडा अधिवेशन बिहीबार सम्पन्न भएको छ ।

    अधिवेशनले आदर्श सेञ्चुरीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वडा इञ्चार्जमा विशाल गुरुङ, उपाध्यक्षमा मनोहर तेली, सचिवमा प्रशान्त भुजेल र उपसचिवमा असिम गुरुङ निर्वाचित गरेको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका सचिव रोशन थापाले बताए ।

    कार्यक्रममा नेकपा (एमाले) सिद्धार्थनगर वडा नम्बर ४ का अध्यक्ष राजेश गुप्ता, एमाले नेता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का पूर्वअध्यक्ष मिलन बस्नेत, राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरी लगायतले बोलेका थिए ।