२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

पार्टीभित्र रुपान्तरणको खाँचो : वरिष्ठ नेता पौडेल

मंगलवार , कार्तिक १६, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • हेटौँडा, १६ कात्तिक। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरणको खाँचौ औल्याउँदै केही जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद अझै निरुपण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    नेपाली कांग्रेस मकवानपुरले हेटौँडामा आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीका नेता कार्यकर्ताले नेतृत्व र विपक्षीलाई समेत प्रश्न गर्न सक्नुपर्ने बताउँदै कांग्रेसले  केही व्यक्तिको मात्र नभई सिंगो देश र जनताको मुद्वा उठाउनुपर्ने बताए । “ काँग्रेस अरुको भरमा उभिने पार्टी होइन, पार्टीभित्र शुद्धिकरणको आवश्यकता छ”, उनले भने ।

    एकपछि अर्को समस्याका कारण सर्वोच्च अदालतमा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो । वरिष्ठ नेता पौडेलले न्यायालयको साख जोगाउन अहिलेको समस्याको निकास चाँडै हुनपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ लगायतले बोलेका थिए । रासस