
मंगलवार , कार्तिक १६, २०७८
भैरहवा, १६ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडा सदस्यसहित ४० जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । माओवादी केन्द्रसहित नेकपा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा र रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाले भैरहवामा आयोजना गरिएको एक कार्यक्रमकाबीच पार्टीमा प्रवेश गराएका हुन् ।
राप्रपामा प्रवेश गर्नेमा माओवादी केन्द्रबाट निर्वाचित सम्मरीमाई गाउँपालिका–६ का वडा सदस्य सुरेन्द्र यादव, एमालेबाट मायादेवी–१ का धनेश्वर यादव, मायादेवी–२ का राजेश कोहार, कोटहीमाई–६ का अकबाल अहमद, कांग्रेसबाट रोहिणी–१ का मोहम्मद हनिफ मन्सुरी, माओवादीबाट मायादेवी–३ का जितेन्द्र मल्लाह, रोहिणी–२ का राम भवन धवल, रुद्रनाथ धवल, शुद्धोधन गाउँपालिकाका इन्द्र बहादुर सुनारी, जनमत पार्टीबाट मायादेवी–१ का प्रमेश्वर प्रसाद धवल, मायादेवी–२ का राम प्रसाद लोध, गंगाराम गुप्ता लगायत रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij