
मंगलवार , कार्तिक १६, २०७८
भैरहवा, १६ कात्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको भानु माध्यमिक विद्यालयमा स्वागत तथा बिदाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा पढ्न आउने विद्यार्थीहरुको स्वागत तथा कक्षा १२ को वार्षिक परीक्षामा सहभागि भइसकेका कानून विषयका पहिलो ब्याचका विद्यार्थीहरुलाई बिदाई गरेका छन् ।
सो अवसारमा बोल्दै प्रमुख अतिथि सिद्धार्थननगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शेषकान्त भण्डारीले भानु माविले शैक्षिक विकासको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरेका थिए । उनले नाम मात्रैको नभएर कामले समेत अब्बल मानिएको यस विद्यालयले शैक्षिक गुणस्तरमा समेत फड्को मारेको बताए । वडाअध्यक्ष भण्डारीले आगामी दिनमा समेत अझ शैक्षिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
विशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले यस विद्यालयले कानून विषय पठनपाठन गराउने भएपछि भैरहवा क्षेत्रका विद्यार्थीहरुलाई अब कानून विषय पढ्न बाहिर जान नपर्ने बताए । विद्यार्थीहरुको चाहना अनुसार विद्यालयमा अहिले कानुन विषयका साथै व्यवस्थापन र शिक्षा विषयको पनि पठनपाठन भइरहेको बताउँदै विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरेका थिए ।
कार्यक्रममा सहायक प्रधानाध्यापकद्वय पवित्रा कोइराला, महेश प्रसाद गुप्ता, विद्यार्थी शुसिल लाम्गादे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यार्थी ममता बरईको अध्यक्षता र विद्यार्थी पवित्रा थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय अमिशा ओली र राजकुमार गप्ताले गरेका थिए । विद्यार्थीहरुले सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij