बुधवार , आश्विन २८, २०८३
भैरहवा, २८ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनबाट युवा नेता सुशील गुरुङ्ग केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको छ । जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
गुरुङ्गले १ हजार ६ सय ४४ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
गुरुङ्ग नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को निवर्तमान क्षेत्रीय सभापति समेत हुनुहुन्छ । २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन उहाँ रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार समेत बन्नुभएको थियो ।
महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उहाँ पार्टीको केन्द्रीय राजनीतिमा पुग्नुभएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को साधारण सदस्यबाट सुरु भएको गुरुङ्गको राजनीतिक यात्रा क्याम्पसको नेतृत्व, जिल्ला अध्यक्ष, क्षेत्रीय सचिव, क्षेत्रीय सभापति हुँदै काँग्रेस केन्द्रीय सदस्यसम्म आइपुगेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij