images
images

शनिवार, जेठ ५ गते २०८१

दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

images
images
images
सोमवार, कार्तिक १५ २०७८
सोमवार, कार्तिक १५ २०७८
  • दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

    काठमाडौँ, १५ कात्तिक। माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो ।

    images
    images
    images

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ । उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij