images
images

शनिवार, जेठ ५ गते २०८१

एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने 

एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने 

images
images
images
सोमवार, कार्तिक १५ २०७८
सोमवार, कार्तिक १५ २०७८
  • एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने 

    चितवन, १५ कात्तिक। नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् ।

    images
    images
    images

    आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताए । पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, वाग्मतीबाट दुई लाख ५० हजार, प्रदेश नं १ बाट २५ हजार सहभागी हुने अनुमान गरिएको बताए ।

    उनले भने, “हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ ।” उद्घाटनसत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुरेर व्यवस्थापन गर्न लागिएको उनको भनाइ थियो । उद्घाटन सत्रपछि बन्द सत्र सौराहामा गरिने जानकारी दिए । सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

    आजै महाधिवेशन मूलसमितिको सम्पर्क कार्यालय एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरी महाधिवेशन तयारी तीव्र पारिने उनले जानकारी दिए । उनले यसपालिको महाधिवेशन सहमतिमा हुने र केही पदमा मात्रै चुनाव हुनसक्ने बताए । महाधिवेशमा दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

    नेता पाण्डेले महाधिवेशन कुनै दल र नेताप्रति लक्षित गरेर नगरिएको दाबी गरिन् । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो । महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुँदै छ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij