२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

बिमानस्थल निमार्णको कामले छिट्टै पुर्णता पाउँछ : गृहमन्त्री खाँण

आइतवार , कार्तिक १४, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा। कार्यबहाक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल निर्माणको कामलाई छिट्टै पूर्णता दिने बताएका छन्। 
    उनले बिमानस्थल निर्माणका आबश्यक निर्माणको कामलाई पुर्णता दिन सम्बन्धीत निकायको ध्यानाकर्षण गराउदै मन्त्री खाँणले बिमानस्थल छिट्टै सुचारु गर्न आवश्यक रहेको बताए।

    उनले विमानस्थलको काम अविलम्ब सम्पन्न गरी उद्घाटन गर्ने अवस्थामा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिए। मन्त्री खाणले बुद्धको त्याग र तपस्या नेपालीका लागि अनुकरणीय रहेको बताए।  उनले बुद्धको ज्ञानलाई व्यवहारिक जीवनमा अनुशरण गर्न आवश्यक रहेको बताउँदै यसले समाज परिवर्तनमा सहयोग पुग्ने धारणा राखे।

    गौतम बुद्धको जन्म नेपालमा भएको भन्ने कुरा संसारभर स्थापित भएको उल्लेख गर्दै अब बुद्धको दर्शन र ज्ञानलाई व्यवहारिक प्रयोगमा लयाउने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताए।

    नेपाल सामाजिक, धार्मिक, सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुक भएको बताउँदै गृहमन्त्री खाँणले यो नेपालको महत्वपूर्ण विशेषता र सम्पदा भएको बताए।

    एकले अर्कोलाई सम्मान गर्ने हाम्रो परम्परा हो यो विश्वमै अनुकरणीय छ। यसलाई विमानस्थलमा राखिएको महाकरुणा मूर्तिले थप बल प्रदान गर्ने छ”, उनले भने।

    राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गौतमबुद्धले दिनुभएको शान्ति र अहिंसाको सन्देश अहिले पनि उत्तिनै सान्दर्भिक रहेको बताउँदै बुद्ध दर्शनले बाह्य मुलुकलाई नेपाल र नेपालीसँग जोड्ने काम गरेको बताए।

    विज्ञान र प्रविधिमा भएको विकास तथा अस्त्र र शस्त्रको निर्माणले मानवजातीलाई असर गरेको उल्लेख गर्दै हत्या र हिंसाले शान्ति सम्भव नहुने भएकाले विकास शान्ति, विकास र समृद्धिमा केन्द्र हुनुपर्ने धारणा राखे।