आइतवार , कार्तिक १४, २०७८
भैरहवा। राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको बिकासका लागि गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई सिघ्र सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिएकी छन्।
उनले लुम्बिनीको बिकासका लागि बिमानस्थल कोषे ढुङगा सावित हुने उल्लेख गर्दै बाँकी रहेका काम छिट्टटै सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन समेत दिईन।
उनले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन ।
उनले भनिन, “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । जनताको खुसी नै हाम्रो खुसी हो ।”
राष्ट्रपति भण्डारीले भैरहवा स्थित गौतमबुद्ध बिमानस्थलमा राखिएको बहमुल्य बुद्धमुर्तिको अनावरण गर्दै भनिन, “गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्वप्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्नसक्दा नै मानवकल्याण हुनेछ ।”
उनले लुम्बिनी क्षेत्रको बिकासका लागि गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निर्माणकार्य छिट्टै सक्न सरकार तथा सम्बनधीत निकायलाई निर्देशन समेत दिईन। बिमानस्थबाट बिश्वभरीबाट पर्यटक आउन सके लुम्बिनीको बिकास हुने तथा बिश्वभर शान्तीको सन्देश फैलाउन सहयोग पुग्ने बताईन।
उनले लुम्बिनीको बिकासका लागि सबैले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिदै सबैको साझा मत हुनुपर्ने धारणा पनि राखिन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij