images

शुक्रवार, चैत्र १६ गते २०८०

“कोप - २७ को प्रतिक्षामा”

“कोप - २७ को प्रतिक्षामा”

images
images
images
आइतवार, कार्तिक १४ २०७८
आइतवार, कार्तिक १४ २०७८
  • “कोप - २७ को प्रतिक्षामा”

    भैरहवा। यसपालीको भारी बर्षाले देश भित्र र बाहिर पनि धेरै तहल्का मच्चायो। यो मौषम बर्षातको मौषम थिएन्। यी विपदहरु किन हुन्छन् ? कस्का कारणले हुन्छन् ? के यो जलवायु परिवर्तनको संकेत हो? २०७८ साल कार्तिक १७ देखि बेलायतको स्कटल्याण्ड स्थित ग्लासगोमा जलवायु परिवर्तन सम्बन्धी २६ औ सम्मेलन ( कोप-२६) हुन गईरहेको छ। विश्व समुदाय जलवायु परिवर्तनले चिन्तित छ। हामीहरु धेरै पहिलादेखि नै चुनौतीबारे कराईरहेका छौं। तर, यसको ठोस समाधान आउन सकेको छैन्। वातावरिणय क्षेतिले जलवायु मात्र होईन समग्र पद्धतिलाई नै असर पार्दछ। वातावरण बिनास र जलवायु परिवर्तनको सम्बन्ध सोझो छ। वातावरण बिनास भएन भने  जलवायु परिवर्तन हुदैन वा कम कम हुन्छ, भयो भने बढी हुन्छ।

    बिश्वभर घटेका घटनाहरुले जलवायु परिर्वतन हुने निश्चित छ, यो सकिने वाला पनि छैन्। बिश्वभर फैलिएको गरीवि तथा ग्रामिण गरीवहरु रोग, अज्ञानता तथा चेतनास्तर कमिले गर्दा उनीहरु आफ्नो आधारभुत आबश्यकता पुर्ती गर्न सक्ने अबस्थामा छैनन्। वातावरणीय क्षतीलाई कम गर्दै जीवन उपयोगी शिक्षा मार्फत उनीहरुको जीवनस्तर उठाउन भने सकिन्छ। यस लेखमा केहि महत्वपुर्ण कुराहरु पाठक बर्गले सहज रुपमा बुझ्न सक्ने गरी उठाउने जर्मको गरेको छु।

    सबैभन्दा पहिले हाम्रै देशको कुरा गरौं। वातावरण बिनासले निम्ताएका समस्याहरुलाई वुँदागत रुपमा निम्नानुसार राख्न सकिन्छ।

    १.भुमीको उर्वरा शक्तिमा ह्रास ।

    २.भिरालो जमिनमा खेती/अत्याधिक रासायनिक मलको प्रयोग।

    ३.शहरी वस्तीमा जथाभावि भवन निर्माण। जस्तै सरकारी जग्गामा, नदी किनारामा, गुठिको जग्गामा आदी, राजनैनिक शक्तिको आडमा बनजंगलको अत्याधिक बिनास।

    माथि उल्लेखित समस्याहरु विश्वव्यापी रुपमा भएपनि स्थानिय स्तरका हुन भन्ने यो लेखकको बुझाई छ। जस्तै नेपालको उदाहरण लिने हो भने बिशेष गरेर हरेक राजनैतिक परिवर्तन पछि बन जंगलको बिनास अत्याधिक र डरलाग्दो गरी भएको छ। स्थानिय स्तरको समस्या हाम्रै कारणले भएको छ र हामी नै यसको निराकरण गर्न पनि सक्छौ र दोषी पनि हामी नै छौ ।

    अब हाम्रो मुल प्रश्न के छ भने कि बिश्वको जलवायु परिवर्ततनमा साच्चीकै हाम्रो हात छ त? छ भने कति छ? यसको उत्तर सरोकारवालाले दिने नै छन, तर उत्तरदायित्वविहिन भएको राजनैतिक संयन्त्रवाट यसको आसा गर्नु बेकार छ कि जस्तो लाग्छ।

    मानीस र प्राकृतिक श्रोतवीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ भनेर हाम्रो पौराणिक ग्रन्थहरु वेद, पुराणमा पनि उल्लेख छ। आज भन्दा हजारांै बर्ष पहिले जब पश्चिमाहरु अन्धकारको युगमा थिए, हाम्रा पुर्खाहरुले प्रकृतिको पुजा आजा गरेका थिए, यद्यपी यो केवल वर्तमानमा धार्मिक अनुष्ठानमा मात्र सिमित भएको छ। कोप २६ मा हाम्रा पुर्खाहरुले उठान गरेको बैज्ञानिक जलवायुजन्य क्षती न्युनीकरण गर्ने उपायलाई उच्चस्तरीय सत्रमा प्रधानमन्त्री शेर बहादुर देउवाले उठाउछन की उठाउदैन् त्यो भने हेर्न बाँकी नै छ।

    हालसम्म जलवायु परिवर्तन सम्बन्धी सम्मेलनहरु हात्ति आयो हात्ति आयो फुस्सा सावित भएका छन्। सन २०१५ मा भएको पेरिस सम्झौता पनि केवल कागजको टुक्रामात्र भएको विज्ञहरु बताउछन्। अब अर्को उदाहरण हेरौ, सन २०१३ मा भएको कोप १९ ले जोखिम न्युनीकरण हानीनोक्सानी मुद्धा कम गर्न बनाएको संरचना  ईन्टरनेश्नल मेकानिजम फर लस एण्ड ड्यामेज युएनएफसीको महत्वपुर्ण संरचना भएपनि काम गर्न सकेन।

    अहिलेसम्म जलवायु परिवर्तन सम्बन्धी जती पनि शिर्ष बैठकहरु बसे ती सबै प्राय औचित्यहिन बनेका देखिन्छन्। यदि यस्तो हो भने नेपालले किन भाग लिन्छ ? भन्ने प्रश्न पनि हो। नेपालले त्यहाँ जलवायु जन्य हानीनोक्सानी र क्षतीको लागि बिकसित मुलुकहरुबाट सहयोग लिनु मात्र हो।

    कोप ( कन्फेरेन्स अफ पार्टीस) युएनएफसीसीसी ( युनाइटेड नेश्न क्लाइमेट चेञ्ज फ्रेमवर्क कन्भेन्शन) अन्तर्र्गत हो। यो सन् १९९५ मा स्थापित भएको हो । जलवायु परिवर्तनबाट विश्वलाई बचाउने यसको मुख्य उद्येश्य हो।

    सन् १९९५ देखि प्रत्येक वर्ष कोपको बैठक हुन्छ । १९९५ मा यस्को बैठक बर्लिनमा भएको थियो। कोपको दोश्रो बैठक क्योटो मा भयो ।

    images
    images
    images

    विषेश गरेर संयुक्त राष्ट्र संघको जलवायु बैठकहरु धेरै आलोचनाहरु भएका छन् । किनभने जे जति एजेण्डाहरु पास गरिन्छन् तिनीहरुको राजनैतिक स्तरबाट गम्भिरता पूर्वक लिएन र लागु पनि गरिएन, निर्देशनहरु पालना नै भएन।

    कोप बैठकमा जे जति कुराहरु पहिले पहिले आए ति कुराहरु “गर्छौ” भनेर विश्वका नेताहरले भनेता पनि त्यसको पालना भएको पाईंदैन। सन् १९९५ देखि २०२० सम्म आउँदा खासै उपलब्धि मूलक नरहेको बताइन्छ । आगामि कोप–२६ ले सफलता प्राप्त गरोस् । हाम्रो कामना रहन्छ तर यति भन्दा भन्दै पनि किन जलवायु परिवर्तन पृथ्वी वासीका लागि खतरनाक छ, त्यसको थोरै विश्लेषण यहाँ गरिनेछ।

    जलवायु अत्यन्त प्रधावशाली छ । यसले मानव जाति वनस्पति, मरुभूमी, ताल, समुद्र, आदिलाई प्रभाव पार्दछ र नियन्त्रण पनि गर्दछ। जलवायु परिवर्तनलाई सबै कुरामा परिवर्तन ल्याउँछ । यसको भौगोलिक वातावरणले जातीय विशेषतालाई पनि प्रभाव पारेछ।

    मानव उत्पति देखि वर्तमान सम्म आइपुग्दा धेरै पल्ट जलवायु परिवर्तन भएका छन् । धेरै विद्वानहरु यो कुरा मान्छन् कि मानवजाति र  सभ्यतालाई जलवायुको अवस्थाले नियन्त्रण गर्दछ । मानव उत्पति देखि वर्तमानसम्म हेर्दा के देखिन्छ भने प्राचिनकालमा धेरै धेरै भुकम्पहरु गए, ज्वालामुखीहरु विस्फोट भए, जस्ले गर्दा पृथ्वीबाट हजारौ प्रजातिहरु लोप भए, यही भूमण्डलीय दुर्घटनाबाट डायनासोर लोप भए । यि परिवर्तनकालमा मानिसको केही हात थिएन न भूमिका नै थियो ।

    मानिसले प्रकृतिले सीमाङ्कन गरेका कुराहरु उलङ्घन गर्नु हुदैन। धेरै मानिसहरु यो विश्वास गर्छन् कि वर्तमानमा भएका वातावरणीय क्षयको मुख्य कारण परम्परागत उपायहरु नअपनाउनु नै हो। हाम्रा क्रियाकलापहरु कै कारणले मात्र जलवायुमा ठूलो परिवर्तन भएको हो होइन ? यस्को वैज्ञानिक अनुसन्धानहरु भएका होलान् तर वास्तविकता के हो भने प्रत्येक चिजको आयु हुन्छ, र्पथ्वी, ग्रह आदि सबैको हुन्छ, यसको निश्चित आयुको अवस्थालाई मानवीय क्रियाकलापले क्षीण बनाएको भने पक्कै हो। पृथ्वीको आयु छोट्याउने काम मानवीय क्रियाकलापले गरेको छ , जुन उचित छैन।

    अब हेरौ, हामीले कसरी जलवायु परिवर्तनलाई साथ दिइरहेका छौ त ? विश्वका धेरै देशहरु पृथ्वीमा जलवायु परिवर्तनका कारणले तापक्रम बढ्दै जाने क्रम सँगै चिन्तित रहेका छन्। पृथ्वीमा तापक्रम बढ्यो भने यसले गंभिर नतिजा ल्याउँछ जस्तै :

    १. समुद्र सतह बढ्नु

    २. तटीय क्षेत्रमा गंभिर प्रभाव

    ३. वृष्टिमा प्रभाव

    ४. मानव, वनस्पति र जनावारहरुमा गंभिर असर

    भूमण्डलीय तापक्रम वृद्धि सम्बन्धमा धेरै वैज्ञानिकहरुको गंभिर खोज र अनुुसन्धान जारी छ। करिब २५०० वैज्ञानिकहरु विश्वमा जलवायु परिवर्तन सम्बन्धमा अध्ययन र अनुसन्धान गरिरहेका छन् ।

    विश्व जलवायु परिवर्तनमा कुनै न कुनै रुपमा मानिस जिम्मेवार भएपनि पृथ्वीमा हुने परिवर्तन यसको जिम्मेवार छ । के जलवायु परिवर्तन मानिसको क्रियाकलापले गर्दा भएको हो वा यो पृथ्वीको ग्रहीय चक्रको नतिजा हो।

    विकशित देशको आणिविक प्रतिस्पर्धा उपग्रहरु वायूमण्डलमा पठाउने होड, रकेटहरुको प्रक्षेपण, ठूला ठूला जेट विमानहरु आदिका कारणले ओजन तह नष्ट भएको पक्कै हो । सौर्य विकिरणले पृथ्वीमा बस्न योग्य वातावरण निर्माण गर्दछ हरितगृह प्रभावद्वारा ।

    सूर्यबाट आएको सौर्य शक्ति केही भाग पृथ्वी, केही भाग वायुमण्डल र अन्य भाग आकाशमा फर्काउँछ। पृथ्वी पराबैगण विकिरण र उज्याले शक्ति परावैगनि शक्तिमा परिवर्तन भएर र्पथ्वी तातने हो । यदि वायुमा धेरै कार्वन डाई अक्साइड ... वा अरु ग्यास बढे भने पृथ्वीबाट फर्कने किरण रोकिन्छ र पृथ्वी तात्छ खास वैज्ञानिकहरुको चिन्ता यसैमा छ।

    अब फर्कौ नेपाल तिर नेपालको सन्दर्भमा जलवायु परिवर्तन वा तापक्रम वृद्धिलाई हेर्दा यस्मा मानिसहरको भूमिका ग्रहिय हिसाबले न्यून रहेको छ अथवा नगन्य छ किनकि :

    ठूला ठूला उद्योगधन्दाहरु छैनन् भएका पनि सखाप भइसके जस्तै : बाँसबारी छाला जुत्ता कारखाना, भैरहवाको चिनि मिल, सुनौलको चिनि मिल, भृकुटी कारखाना आदि । भएका केही उद्योगहरु अत्यन्त न्यून छन्। केही सिमेन्ट कारखानाहर अस्तित्वमा छन् तर भूमण्डलीय हिसाबमा र अन्य देशको तुलनामा यिनिहरको असर न्यून छ । हो स्थानीय स्तरमा विकासको नाममा जता ततै डोजर लगाएर, जङ्गल फाडेर, प्रकृति माथि ठूलो घात भएको छ र त्यसको मार पनि भोगिरहेका छौ।

    नेपाल सन्दर्भमा हेर्दा के देखिन्छ भने जलवायु परिवर्तन तापक्रम वृद्धीले भू क्षीय भएको होइन। भु क्षय को कारण मानिस आफै हुन्।

    कोप-२६ मा हाम्र प्रधानमन्त्री किन जाने त ?

    जलवायु परिवर्तनमा नेपालको कुनै पनि हात रहेको देखिन्न । हाम्रो देशको आन्तरिक समस्याको जड राजनैतिक नेतृत्व तह नै हो , विशेष गरी जल र जमिन माथि भयंकर आक्रमण रह्यो। जङ्गल सखाप पारिए, नदी किनारामा बस्ति बनाइयो, राजनैतिक भागबण्डामा मुलुकलाई चलाइयो। आखिर यसको दोष कसलाई ??

    यति भन्दा भन्दै पनि विकशित देशहरुको आकाशिय र हतियार होडवाजीले वास्तवमा नै विश्व आक्रान्त छ, र त्यस्को असर नेपालको हिमाली भागमा टडकारे रुपमा देखिएको छ , यो चाँही सत्य हो । जलवायु परिवर्तनमा नेपालको भूमिका छैन तर अरु देशका क्रियाकलापको भागि हाम्रो वायुमण्डल किन हुने ?

    जलवायु परिवर्तनमा कुनै पनि हात नभएको नेपालले यसको दुष्परिणाम भोग्नु परिरहेको छ ग्रहिय हिसाबमा ।

    अब हाम्रा प्रधानमनत्रीले नेपालले भोगेको हानी नोक्सानी र क्षतिको विवरण प्रस्तुत गर्ने छन्, वित्तिय निकास ढिला भएको उल्लेख गर्ने छन्। जलवायु परिवर्तनले भएको हानी नोक्सानीका लागि अनुदान माग्ने छन्। अनुदान आउने छ र प्रोजेक्टहरु संचालन हुने छन् । ठूला ठूला महँगा प्रदुषणरहीत गाडीहरु कुदने छन् र नेपाल अर्को कोप २७ को प्रतिक्षामा हुनेछ ।

    कोप-२६ को सफलतको कामना गर्नुपर्दछ र जलवायु परिवर्तनमा मुख्य भूमिका खेल्ने मुलुकहरुलाई आणविक परीक्षण र अन्तरिक्षमा फोहोर गर्न रोक लगाउन सक्नु पर्छ तर यस्तो हुने छैन, यो नै ठूलो विडम्बना हो, विश्व शान्तिका लागि अनि तापक्रम तथा जलवायु परिवर्तन न्यूनीकरणाका लागि । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij