२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

सिद्धार्थ उद्योग वाणिज्य संघ र स्पेनको क्यासर्स चेम्बर अफ कमर्श इण्डष्ट्रिजबीच भगिनी सम्बन्ध 

शनिवार , कार्तिक १३, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, १३ कात्तिक ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र स्पेनको क्यासर्स चेम्बर अफ कमर्श  इन्डष्ट्रिज एण्ड शर्भिसेसबीच शुक्रबार सम्झौता कार्यक्रमको आयोजना गरी भगिनी सम्बन्ध स्थापना गरिएको छ । संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा स्पेनका क्षेत्रीय सभाका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको विशिष्ट अतिथ्यतामा सम्झौता कार्यक्रम सम्पन्न भएको हो । 

    सम्झौता पत्रमा संघकोतर्फबाट अध्यक्ष भीष्म प्रसाद न्यौपाने र क्यासर्स चेम्बर अफ कमर्शको तर्फबाट सो चेम्बरका अध्यक्ष ग्राबियल एलभेरेज आरयो हस्ताक्षर गरेका थिए ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले यो सम्बन्धले युरोपको स्पेन र नेपलाको आर्थिक विकास र लगानीका अवसरहरको लागि महत्वपूर्ण भएको बताए । 

    त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भगिनी सम्बन्ध केबल दुई संघहरुबीचको मात्र नभएको र यो सम्बन्ध नेपाल र स्पेन तथा दुई फरक संस्कतिबीच समेत भएकोले संघको लागि ऐतिहासिक दिन भएको बताए ।

    स्पेन चेम्बरका अध्यक्ष ग्राबियल एलभेरेज आरयोले सिद्धार्थ उद्योग वाणिज्य संघले सम्बन्ध स्थापित गर्न पाउनु आफुहरु र स्पेनको लागि ऐतिहासिक भएको बताए ।

    संघका महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघीय सांसद, प्रदेश सरकारका पूर्व मन्त्री, स्पेनका केसर्स सिटिका मेयर, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरु, संघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, लुम्बिनी होटल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 


    mmm3.jpg