२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

जिल्ला समन्वय समिति र स्थानीय तहहरुको वार्षिक प्रगति समीक्षा

शनिवार , कार्तिक १३, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १३ कात्तिक । 
    जिल्ला समन्वय समिति र स्थानीय तहहरुको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति समीक्षा कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।

    कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख एकराज विश्वकर्माले स्थानीय तहमा बाझिने कानूनहरुलाई जिल्ला समन्वय समितिले समन्वयकारी भूमिका खेल्ने बताए ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले २०७२ को संविधान जारी भएपछि नयाँ व्यवस्था सुरुवात गरेको बताए । ‘प्रशासनिक संघीयता कार्यान्वयन अझै नभएको बताउँदै सुवेदीले भने, हाम्रो लक्ष्य आशातित छ निराशाजनक छैन । जनशक्ति ब्यबस्थापन गर्ने काम अझै पुरा भएको छैन ।’

    रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थानीय सरकारको जिल्ला समन्वय समितिले नेतृत्वदायी भुमिका खेलिरहेको बताए । जिल्ला समन्वय समितिका सदस्य खेम लुइँटेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै पालिकाले कानून निर्माण गर्दै व्यवस्थित गर्दै गरेको बताए । कार्यक्रममा स्थानीय तहका १६ पालिकाहरुको वार्षिक प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतहरुले प्रस्तुतीकरण  गरेका थिए ।

    जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माको अध्यक्षता, जिल्ला समन्वय समितिका सदस्य कविराम अर्यालको स्वागत मन्तव्य तथा समन्वय अधिकारी धर्मा अर्याल बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_7318.JPG