बिहिवार , कार्तिक ११, २०७८
भैरहवा, ११ कात्तिक ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अन्तर्गत उपशाखाहरुका लागि प्रारम्भिक द्रुत लेखाजोखा (आइआरए) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजना तथा रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय महाशाखाको सहयोगमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका शभापति प्रेमलाल उदासले विपद् न्यूनीकरणका लागि स्थानीय सरकार र रेडक्रसकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको र येस्तो लेखाजोखा मोबाइल एपको सहायताले अझ प्रभावकारी हुने बताए ।
शाखाका उपसभापति दिपक क्षेत्री न्यौपानेले विपद् बाजा बजाएर र निम्तो दिएर नआउने भएकोले पूर्वतयारी आवश्यक रहेको बताए । उनले वर्तमान समयमा द्रुत गतिमा सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको औल्याए । रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्ण न्यौपानेले विपद्को समयमा सहकार्य गरेर अगाडी बढ्नुपर्ने र यो अभिमुखीकरण कार्यक्रमले विपद्को समयमा लेखाजोखा गर्न धेरै फलदायी हुने बताए । दयानगर उपशाखाकी उपसचिव दुर्गा तिवारीले अब लेखाजोखा गर्दा प्रविधिको सहयोगबाट गर्न पाउँदा धेरै खुसी लागेको र यस्तो कार्यक्रम मा सहभागी हुने मौका पाएकोमा नेपाल रेड्क्रस सोसाइटीलाई धन्यवाद दिइन् ।
उक्त एकदिने द्रुत प्रारम्भिक लेखाजोखा अभिमुखीकरण कार्यक्रममा १६ वटै उपशाखाहरुबाट सहभागिता रहेको र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीकी कोषाध्यक्ष रुपमा हिराचनको स्वागत मन्तव्य रहेको र सिद्धार्थ उपशाखाका सचिव तथा आइआरए फोकलपर्सन राजेश जि.सी.ले प्रमुख प्रशिक्षण, जिल्ला शाखा वरिष्ठ अधिकृत कृष्ण मल्ल, आइएफआरसीका कार्यक्रम अधिकृत सुरक्षा भट्टराईले प्रशिक्षण दिएका थिए । रेडक्रस जिल्ला शाखा रुपन्देहीकी कर्मचारी बसुन्धरा सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij