२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

एमालेमा युवाको आकर्षण बढीरहेको छः सचिव गुरुङ

बुधवार , कार्तिक १०, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • लमजुङ, १० कात्तिक। नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा युवाको आकर्षण बढीरहेको बताएका छन् ।

    प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा आज बेँसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “एमालेको वडा तथा पालिका अघिवेशनमा युवापङ्त्ति नेतृत्वमा आइरहेकाले यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो ।”

    सचिव गुरुङले एमालेलाई नेपाली समाजको चरित्र, बनावट र स्वरुप जस्तै बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अब एमाले पार्टीको अभियान एक घर एक सदस्य रहेकाले यसतर्फ अग्रसर हुन पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे । रासस