२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

रुपन्देहीमा ३ लाख बराबरको पटाका बरामद

बुधवार , कार्तिक १०, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १० कात्तिक । रुपन्देही प्रहरीले ३ लाख मूल्य बराबरको अवैध पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहत विभिन्न प्रहरी इकाईहरुले सोमबार र मंगलबार गरी ३ लाख ३ हजार ८ सय रुपैयाँ बराबरको पटाका बरामद गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय र कार्यालयबाट खटिएको टोलीले मंगलबार बिहान १० बजे रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ मा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरिएको ९० हजार बराबरको विभिन्न किसिमका पटाका बरामद गरेको हो ।

    त्यस्तै प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले मंगलबार बिहान ९ बजे जिल्ला सिद्धार्थनगर न.पा.–२ झण्डीबजारमा भारतबाट अवैध रुपमा ल्याउँदै गरिएको ६० हजार ५० सय बराबरको  विभिन्न किसिमको २६२ प्याकेट पटका बरामद गरेको छ ।

    त्यसै गरी प्रहरी चौकी मर्यादपुरबाट खटिएको  टोलीले मिति सोमबार कोटहीमाई गाउँपालिका–३ ऐलिडियामा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको ५० हजार ३ सय बराबरको २ बोरा पटाका र एउटा साइकल नियन्त्रणमा लिएको हो ।

    प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले मंगलबार रोहिणी गाउँपालिका– २ भगवानपुर चोकमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३६ हजार बराबरको अवैध रातो सानो पटका १४८ प्याकेट, बुलेट पटका ९ प्याकेट र झिरझिरे ४५ प्याकेट बरामद गरेको छ ।

    ईलाका प्रहरी कार्यालय लुम्बिनी र प्रहरी चौकी कालिदहबाट खटिएको संयूmु टोलीले सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट खुर्सानीपटका ४२० पिस, आलुबम (पटाका) ३५ पिस, रोल क्याप पटका ४ प्याकेट र सलाई पटाका एक डब्बा गरी ३५ हजार बराबरको पटका नियन्त्रणमा लिएको हो ।

    ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको टोलीले सोमबार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडामा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको पटाका चक्र बम १०२ प्याकेट, लम्बा बुलेट ५ प्याकेट, जुम्नु बुलेट ३ प्याकेट, मिनी फलासबुलेट बम ७ पोका, बोल क्याम्पस ३ प्याकेट र झिरमिरे २ प्याकेट गरी ३२ हजार बराबरको अवैध पटाका बरामद गरेको हो । बरामद गरिएको पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।