२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

एमाले सिद्धार्थनगरमा पौडेल र भुषाल समुहवीच चुनावी भिडन्त 

अध्यक्षमा तीन जनाको उम्मेदवारी

मंगलवार , कार्तिक ९, २०७८

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा ९ कार्तिक। नेकपा एमाले सिद्धार्थनगर समितिको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ।

    एमालेको प्रथम अधिबेशनबाट चयन हुने एक अध्यक्ष पदका लागि तीन जना आकांक्षीको उम्मेदवारी परेको हो। अध्यक्ष पदका लागि धुव्रप्रसाद अधिकारी, चक्र बहादुर थापा र थानेश्वर पौडेलको उम्मेदवारी परेको हो। 

    त्यसैगरी एक जना उपाध्यक्षका लागि पनि तीन जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षका लागि अर्जुन कुमार गिरी, सीता काफ्ले, लक्ष्मी केसीको उम्मेदवारी परेको हो। एक जना सचिजवका लागि २ जनाको उम्मेदवारी परेको छ। सचिवमा नारायणप्रसाद भण्डारी र मनोजकुमार रिजालको उम्मेदवारी परेको छ। 

    दुई जना उपसचिव पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। उपसचिवका लागि निशा भट्टराई (लक्ष्मी), सरोज ठकुरी, रणबहादुर कुवंर, माया कडेंल, कुमार गुरुङको उम्मेदवारी परेको छ। 

    एमाले सिद्धार्थनगरको नयाँ नेतृत्वका लागि भोली निर्वाचन हुने जनाईएको छ। सिद्धार्थनगरमा केपि ओली निकट उपमहासचिव बिष्णु पौडेल र अर्का उपमहासचिव घनश्याम भुसाल निकटका व्यक्तिले पदाधिकारीमा उम्मेदवारी दिएका छन्। पदाधिकारीमा दुई समुहवीचमा चुनावी भिडन्त हुने देखिएको छ।