images

आइतवार, बैशाख २३ गते २०८१

कार्यकर्ता रिहाईको माग गर्दै जनमत पार्टीद्वारा रुपन्देहीमा प्रदर्शन

कार्यकर्ता रिहाईको माग गर्दै जनमत पार्टीद्वारा रुपन्देहीमा प्रदर्शन

images
images
images
मंगलवार, कार्तिक ९ २०७८
मंगलवार, कार्तिक ९ २०७८
  • कार्यकर्ता रिहाईको माग गर्दै जनमत पार्टीद्वारा रुपन्देहीमा प्रदर्शन

    भैरहवा, ९ कात्तिक ।
    जनकपुरमा पक्राउ गरिएका आफ्ना पार्टीका १७ जना कार्यकर्तालाई बिना शर्त रिहाईको माग गर्दै डा. सि.के. राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीले सोमबार प्रदर्शन तथा सिट्टी जुलुस निकालेको छ । पार्टीले रुपन्देहीको गैडहवा, मायादेवी, सम्मरीमाई, कोटहीमाई, मर्चवारी, रोहिणी, ओमसतिया, सियारी, शुद्धोधन गाउँपालिका, देवदह, लुम्बिनी सांस्कृतिक र सिद्धार्थनगर नगरपालिकामा प्रदर्शन गरेको हो ।

    images
    images
    images

    पक्राउ गरिएको कार्यकर्ता रिहाई र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै रुपन्देहीका १२ वटा स्थानीय तहमा प्रदर्शन तथा सिट्टी जुलुससहित कोणसभा गरिएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए । उनले कार्यकर्ता रिहाई नगरे थप सशक्त आन्दोलनमा उत्रिने बताए ।

    प्रदर्शनमा सहभागि नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारीलाई जेल गर, जनमत पार्टीका कार्यकर्तालाई रिहा गर बैमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गर लगायतका नारा लगाएका थिए ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij