images

आइतवार, बैशाख २३ गते २०८१

एमालेको १० औं महाधिवेशनबाट ७४ जना महिला केन्द्रीय सदस्य चुनिँदै

एमालेको १० औं महाधिवेशनबाट ७४ जना महिला केन्द्रीय सदस्य चुनिँदै

images
images
images
सोमवार, कार्तिक ८ २०७८
सोमवार, कार्तिक ८ २०७८
  • एमालेको १० औं महाधिवेशनबाट ७४ जना महिला केन्द्रीय सदस्य चुनिँदै

    ८ कात्तिक, काठमाडौं । मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनबाट अहिलेसम्मकै धेरै महिला केन्द्रीय सदस्य चयन हुने भएका छन् ।

    images
    images
    images

    गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधान संशोधन गरेर पार्टीका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेको छ । १० औं महाधिवेशनमा २ सय २५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित हुँदा ७४ जना महिला निर्वाचित हुने भएपछि एमाले पार्टीको केन्द्रीय कमिटीमा सर्वाधिक महिला सहभागी गराउने पार्टी बन्ने छ ।

    एमालेको संशोधित विधानको धारा ६२ (२) मा लेखिएको छ, ‘सबै तहका निर्वाचित कमिटीहरू समावेशी चरित्रका हुनेछन् र तिनमा न्यूनतम ३३ प्रतिशत महिला सदस्य रहनेछन्।’

    एमालेको विधानले महिला प्रतिनिधित्वको स्वरूप पनि समावेशी चरित्रको हुनुपर्ने उल्लेख गर्दै न्यूनतम योग्यता र मापदण्ड नपुगेको अवस्थामा भने महिला सदस्य तथा समावेशी सदस्यहरूको स्थान खाली राख्ने व्यवस्था गरेको छ ।

    अन्तरिम संविधानमा राज्यका सबै निकायमा ३३ प्रतिशत महिला हुनुपर्ने उल्लेख भए पनि नेपालको संविधान २०७२ ले सहभागिताको निश्चित संख्या तोकेको छैन । अनलाइनखबर

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij