२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

जनमत पार्टीमा सदस्यता लिनेको लर्को : केन्द्रीय सदस्य चौधरी 

सोमवार , कार्तिक ८, २०७८

नवलपरासी, ८ कार्तिक। जनमत पार्टीमा सदस्यता लिने मधेसी जनताको लर्को लागेको छ। मधेसी जनताले आफ्नो हकअधिकारका लागि जनमत पार्टी नै राम्रो र जनताको लागि कार्य गरिएको भन्दै धमाधम पार्टि सदस्यता लिइरहेका छन्। जनमत पार्टीको संगठन विस्तार कार्यक्रममा मधेसी जनताहरुले पार्टी सदस्यता हर्षोउल्लासका साथ धमाधम लिइरहेको पार्टीका केन्द्रीय सदस्य बालगोविन्द चौधरीले बताए ।

पाल्हिनन्दन गाउँपालिका वडा नम्बर - ५ गेरमिमा जनमत पार्टी संगठन विस्तार कार्यक्रममा २१ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जनमत पार्टी मधेसी जनताको हकअधिकार दिलाउनको लागि चन्द्रकान्त राउत (सिके राउत) ले पार्टी दर्ता गराएको भन्दै खुसिका साथ गेरमिका गाउँबासिहरुले पार्टी सदस्यता लिई २१ सदस्यीय टोल कमिटी गठन गरेका छन्।

पार्टीका केन्द्रीय सदस्य बालगोविन्द चौधरीको प्रमुख अतिथामा गरिएको संगठन विस्तार कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले मधेसी जनताको अधिकार दिलाउनको लागि पार्टीले एउटा सिंगो मधेसी जनताको लागि हरेक कडा भन्दा कडा कदम चालेर केन्द्र सम्म आवाज उठाउन तात्पर्य रहेको बताए । उनले जनमत पार्टीले मात्र पार्टी सदस्यता लिएको अथवा पार्टीमा लागेको मधेसी जनताको लागि मात्र कार्य गर्ने पार्टी होईन भन्दै सिंगो मधेसी जनताको हितका लागि पार्टी दर्ता भएको बताए । साथै उनले हरेक मधेसी जनताको हकअधिकारको लागि आफूस्वयम आफ्नो ज्यानको बाजि लगाउन तयार रहेको समेत बताए ।

संगठन विस्तार कार्यक्रम रमेश प्रसाद गुप्ताको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरिएको हो । सो अवसरमा अतिथिहरुमा जनमत पार्टीका सारदा कुमारी चौधरी ,जमिर मंसुरि , अखिलेश त्रीपाठि , कृष्णकान्त चौधरी ,गिता पाण्डे लगाएको अतिहरुको सहभागीता रहेको थियोे । कार्यक्रमको अध्यक्षता सोहराब देवानल गरेको थिए ।