
शनिवार , कार्तिक ६, २०७८
भैरहवा, ६ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ को प्रथम वडा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र रेग्मीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा विनोदराज पाण्डे, सचिवमा दिल कुमारी कुवँर, उप–सचिवमा विष्णु पौडेल र असगर अलि फकिर रहेका छन् ।
एमाले वडा नम्बर ८ का अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको अधिवेशनमा एमाले नेता बूँद राना, पार्टीका नेता तथा सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारी, एमाले लुम्बिनी प्रदेश सदस्य राजेन्द्र प्रसाद पन्थी, केन्द्रीय निर्वाचन सदस्य भरत कुमार पोखरेल, एमाले प्रदेश सदस्य विश्वराज बराल (अनुप), युवा नेता चक्र बहादुर थापा, एमाले नेता तथा सिद्धार्थनगर न्यायिक समिति सदस्य उमेश थापा लाटोमगर, सीता काफ्ले लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय युवा संघ, नेपालका नगर अध्यक्ष कृष्ण मल्ल ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।
त्यसै गरी यही कात्तिक ९ गते हुने नगर अधिवेशनका लागि वडा नम्बर ८ बाट २८ जना प्रतिनिनि सर्वसम्मत रुपमा चयन भएको नेकपा एमालेका नवनिर्वाचित वडाअध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij