
शनिवार , कार्तिक ६, २०७८
भैरहवा, ६ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६, रुपन्देहीको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले राम दयाल गुप्ताको अध्यक्षतामा १९ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा राम प्रसाद श्रेष्ठ, सचिवमा मदन प्रसाद पौडेल, उपसचिवमा अनिता थापा र आनन्द न्यौपाने रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रामविलास तिवारी, सुख्खु गुप्ता, सुर्यमति हरिजन, सुक बहादुर आले, दामोदर उप्रेती, कल्पना ज्ञवाली, हरिकिसुन तेली, सोहन हरिजन, इन्द्रासन गुप्ता, प्रितम पुन, उर्मिला हरिजन, कृष्ण कुमार विश्वकर्मा, जितेन्द्र कुमार श्रीवास्तव र राधेश्याम सुनार रहेका छन् ।
त्यस्तै नगर अधिवेशनका लागि १५ जना प्रतिनिधि छनौट भएका छन् । प्रतिनिधिहरुमा मदन प्रसाद पौडेल, एकनारायण अर्याल, केशव उपाध्याय, अनिता थापा, कल्पना ज्ञवाली, राधिका पाण्डे, सुर्यमति हरिजन, सोहन हरिजन, मोहम्मद अकिल मुसलमान, प्रितम पुुन, राजेन्द्र गुप्ता, इन्द्रासन गुप्ता, झब्बालाल कहांर, रामविलास तिवारी र सुख्खु गुप्ता रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ इञ्चार्ज हितराज पन्थीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कामहरु जनताले थाहा पाउन नसकेको दावी गरे । उनले आगामी निर्वाचनमा एमालेले सम्पूर्ण स्थानमा जित्नुपर्ने बताए । विजयी हुनुपर्ने बताए । नेता पन्थीले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले गरेको कामहरुको आज पनि चर्चा भइरहेको बताए । एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताले एमालेको नेतृत्वमा मुलुकमा राम्रो काम भएको बताए ।
त्यस्तै अधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष विष्णु प्रसाद पन्थी, एमाले नगर कमिटी सदस्य नसिबदार मुसलमान, रण बहादुर कुंवर, श्रीधर ज्ञवाली लगायतले बोल्दै पार्टीलाई एकढिक्का बनाएर अगाडी बढाउनुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij