२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

अमर ज्योति क्लबद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

बिहिवार , कार्तिक ४, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares

  • भैरहवा, ४ कात्तिक । 
    अमर ज्योति क्लब शान्तिनगर भैरहवा, रुपन्देहीले क्लबका पूर्व खेलाडी, प्रशिक्षक, कलाकार एवं पूर्व अध्यक्षहरुलाइ सम्मान गरेको छ । अमर ज्योति फ्यान समूह नेपालको सहयोगमा क्लबले एक कार्यक्रमकाबीच सम्मान गरेको हो । क्लबले आफ्ना संस्थापक अध्यक्ष प्राज्ञ बूंद राना, चित्र बहादुर गुरुङ, केहर सिंह गुरुङ, भैरव पाठक, डीबी गुरुङ लगायत २५ जनालाई सम्मान गरिएको थियो ।

    सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले खेल मैदानकै अभावमा क्लबले खेलकुद प्रतिको आफ्नो क्रियाकलाप अगाडि बढाउन नसक्नु दुःखद रहेको बताए ।क्लबको सक्रियता अहिले घटेकोले यसलाइ बढाउनुपर्ने उनीरुको भनाइ थियो । 

    क्लबका कार्यवाहक अध्यक्ष अर्जुन थापाको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख उमा काफ्ले, प्राज्ञ बूंद राना, भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झा, अमर ज्योति फ्यान क्लबका संयोजक सुधिरमान वि.क., तिल कुमारी गुरुङ लगायतले बोलेका थिए । क्लबका सचिव दिपक सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०२४ सालमा स्थापना भएको क्लबले भैरहवा क्षेत्रलाई आधार बनाएर खेलकुद, सांस्कृतिक कार्यक्रम र समाजसेवा गर्दै आइरहेको छ ।