
आइतवार , आश्विन ३१, २०७८
काठमाडौं, ३१ असोज ।
सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ ।
सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको बा २ ख ३२६४ नम्बरको बस ६ किलो नजिक दुर्घटना भएको हो । घाइतेहरुलाई काभ्रेको धुलिखेल र खाडीचौरको अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा उपचाररत घाइतेको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij