images

शनिवार, बैशाख ८ गते २०८१

लुम्बिनी : मिनि बुद्धिष्ट वलर्ड

लुम्बिनी : मिनि बुद्धिष्ट वलर्ड

images
images
images
बिहिवार, आश्विन २८ २०७८
बिहिवार, आश्विन २८ २०७८
  • लुम्बिनी : मिनि बुद्धिष्ट वलर्ड

    भैरहवा। बुद्ध जन्मस्थल लुम्बिनी भित्र के छ ? धेरैले बुझ्छन, मायादेवी मन्दिर र अशोक स्तम्भ । वर्षेनी करिब १५ लाखको संख्यामा लुम्बिनी पुग्नमध्ये निकै कमलाई मात्रै थाहा छ, यो सानो बौद्ध विश्व अर्थात मिनि बुद्धिष्ट वलर्ड नै हो ।

    images
    images
    images

    इसापूर्व ६२३ मा लुम्बिनी जन्मिएका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधि (ज्ञान) प्राप्त गरे । उनले ज्ञान बाढ्दै ४५ वर्ष विताए । कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्दै गर्दा बुद्धले शिष्यलाई भनेका थिए, जीवनमा एक पटक म जन्मेको, बुद्धत्व प्राप्त गरेको, पहिलोपटक ज्ञान बाढेको र प्राण त्यागेको स्थानमा अवश्य पुग्नु । (त्यति पनि नसके जन्मेको स्थान लुम्बिनी पुग्नु ।) हो, त्यही धार्मिक महत्वको क्षेत्र हो लुम्बिनी ।

    बुद्धको महापरिनिर्वाण पश्चात धर्मका विषयमा अनेक विवाद भए । बौद्ध संघ अर्थात भिक्षु/भिक्षुणीहरु सय वर्षपछि नै दुई वर्गमा विभाजित भए । स्थविरवाद र महासांघिक । त्यसपछिका विभिन्न कालखण्डहरुदेखि अहिलेसम्म डेढ दर्जन सम्प्रदायहरु जन्मिए । बुद्ध, धम्म र संघ यी तीन महत्वपूर्ण पक्ष नै लुम्बिनीको खास पहिचान हो ।

    चार दशकअघि प्रोफेसर केन्जो टांगेले लुम्बिनी गुरुयोजना कोरे । लुम्बिनी रुपन्देहीको दक्षिणी क्षेत्रमै रहेको प्रमाण अशोक स्तभ हो । जहाँ ‘हिदबुद्धजाते’ अर्थात बुद्ध यही जन्मिएका हुन भन्नेसहितका लिखित प्रमाणसहितको स्तम्भ छ । त्यही प्रमाणका आधारमा युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको लुम्बिनी टांगेको गुरुयोजनापछि धार्मिक केन्द्रका रुपमा विकसित हुँदैछ ।

    मुलुककै मुख्य पर्यटकीय केन्द्र लुम्बिनीमा तीन प्रकृतिमा पर्यटकहरु आउछन् । अध्येता, दर्शनार्थी र दर्शक । अहिले सबैभन्दा बढी दर्शक (नेपालसहित विदेशी पनि), दर्शनार्थी र अध्येता आउँछन् । दर्शक वा सामान्य घुमफिर गर्न आउनेलाई लुम्बिनी के हो पत्तो छैन । यहाँ भएको संरचनाहरुले के अर्थ दिन्छन भन्ने थाहै छैन । न त धर्म दर्शनको बारेमा ज्ञान छ न त पुरातत्वको बारेमा । बुझ्न चाहनेका लागि लुम्बिनी नै बौद्ध दर्शनको सवथोक हो ।

    ‘लुम्बिनी सानो बौद्ध विश्व नै हो, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय भन्छन–‘धेरैलाई यो कुरा थाहा छैन, कतिले बुझ्न चाहनुहुन्न ।’ लुम्बिनी मिनि बुद्धिष्ट वल्र्ड रहेकाले तेस्रो मुलुकका धेरै भन्दा धेरै पर्यटकहरु लुम्बिनी ल्याउन सकिने ठूलो सम्भावना छ ।

    यस कारण बुद्धिष्ट वलर्ड

    बुद्धको महापरिनिर्वाण अर्थात इसापूर्व चौथो शताब्दीमा बुद्ध संघमा विभाजन सुरु भयो । बहु सम्प्रदाय निर्माण भए । इसा पूर्वको दोस्रो शताब्दी अर्थात सम्राट अशोकको कालमा बौद्ध धर्मले विश्वव्यापी प्रचारको मौका पायो । त्यसपछिका समयमा बौद्ध धर्म विश्वका धेरै मुलुकमा पुग्यो । थेरबाद, महायानसहित बज्रयान, हिमालय बौद्ध समुदायसहितका सम्प्रदायहरु निर्माण भए ।

    फरक–फरक देशमा आ–आफ्नै बौद्ध संस्कृति छ । फरक नै कला छ । बुद्धकै उपदेश ग्रहण, धर्मदेशना, प्रजज्या, पुजा पाठको आफ्नै संस्कृति छ । अहिलेका अध्यताहरु यी संस्कृतिको गहन अध्ययन गर्न चाहन्छन । त्यसका लागि धेरै देश चाहार्नुपर्ने बाध्यता छ । तर लुम्बिनी त्यस्तो स्थान हो, जहाँ बौद्धमुलुक र बौद्ध धर्म पनि मान्ने मुलुकको संस्कृति बुझ्न सकिन्छ ।

    गुरुयोजनामा टांगेले चार दशकअघि नै यसको कल्पना गरेका थिए । लुम्बिनी प्रवेशद्वारबाट नै लुम्बिनीग्रामको सुरुआत हुन्छ । पर्सा हुँदै बसपार्कबाट लुम्बिनी प्रवेश गर्ने मुलद्वार हो । जहाँको पूर्वतर्फ थेरवाद र पश्चिमतर्फ महायान सम्प्रदायका विहारहरु छन् ।

    ‘यो गुरुयोजनाले अध्ययनको एक आसन र बौद्ध धर्मको प्राणको अनुभव गर्ने स्थान प्रदान गरेको छ, वरिष्ठ पुरातत्वविद बसन्त बिडारीले आफ्नो मौन आह्वान पुस्तकमा लेखेका छन–‘यसले पश्चिम नेपालको सामाजिक आर्थिक उत्थानमा महत्वपूर्ण भूमिका खेलेछ र सांस्कृतिक पर्यटनको विकासमा बल पुग्नेछ ।’

    संस्कृति नै संस्कृति

    लुम्बिनीको मुल नहरको पूर्व पश्चिममा ४२ वटा विहारका लागि प्लट बनाइएको छ । राजकीय थाई विहार, क्यानेडियन बुद्धिष्ट संस्था, महावोधि मन्दिर भारत, कम्बोडियन मन्दिर, श्रीलंका महाविहार, नेपाल थेरबाद मन्दिर, म्यानमार स्वर्ण मन्दिर सहित विपश्यना केन्द्र पूर्वी विहार क्षेत्रमा बनेका छन् । यसको अध्ययनले थेरबाद के हो । संस्कृति र कला के हो । कुन देशको कला कस्तो भन्ने पूर्ण ज्ञान दिन्छ ।

    ‘एकै स्थानमा धेरै संस्कृति बुझ्न सक्ने वातावरण विश्वका कुनै स्थानमा छैन, विकास कोषका उपाध्यक्ष मैत्तेय भन्छन,–‘लुम्बिनीमा यी सबै मुलुकको संस्कृति अध्ययन गर्न सकिन्छ ।’ संस्कृतिको विषयमा अध्ययन गर्नेहरुको संख्या बढ्दै गएकोमा उनी विश्वस्त छन् ।

    नहरको पश्चिमतर्फ २९ वटा विहारहरु छन् । जहाँ महायानी सम्प्रदायपछिका उपसम्प्रदायका पनि गुम्बा बिहारहरु निर्माण भएका छन् । नेपाल, सिंगापुर, फ्रान्स, जर्मनी, जापान, भारत, क्यानडा, भियतनाम, मंगोलिया, भुटान, स्विजरल्याण्ड, चीन, दक्षिण कोरिया, म्यानमार तथा हिमाली बौद्ध समुदायको संस्कृति झल्किने कलात्मक गुम्बा बिहारहरु निर्माण भएका छन् ।

    यी मुलुकमा हुने बौद्ध गतिविधि, संस्कृति र कलाको अनुपम संगम नै लुम्बिनीमा रहेकाले यसलाई मिनि बुद्धिष्ट वल्र्ड भनिएको हो । संस्कृतिविद् डा. गितु गिरी भन्छन–‘बौद्ध संस्कृति र कला बुझ्नका लागि लुम्बिनी विश्वकै महत्वपूर्ण गन्तव्य हो । यसलाई विश्वभर प्रचार गर्न आवश्यक छ ।’

    पर्यटन प्रवर्द्धन

    समय–समयमा पर्यटन व्यवसायीले लुम्बिनीभित्र बनेका बिहार गुम्बाहरु होटलका रुपमा प्रयोग भएको गुनासो गर्दै आएका छन् । तर त्यो गुनासो भन्दा पनि महत्वपूर्ण कुरा यिनै विहार गुम्बाले नै लुम्बिनीको अन्र्तराष्ट्रिय प्रवद्र्धन गरेका छन् ।

    झण्डै ४० वटा बौद्ध गुम्बा र बिहारमै बसेका भिक्षु/भिक्षुणीबाट नै ती मुलुकमा लुम्बिनीको प्रचारप्रसार भएको छ । पर्यटक लुम्बिनी ल्याउनमा समेत यी बिहारको महत्वपूर्ण योगदान छ । विकास कोषका उपाध्यक्ष मैत्तेय यी गुम्बामा बस्नेहरुलाई ‘पर्यटन दूत’ को संज्ञा दिन्छन ।

    ‘नेपाल सरकारले गर्न नसकेको पर्यटन प्रवद्र्धनमा यहाँका बिहारको महत्वपूर्ण योगदान छ, उनले भने–‘पर्यटकहरुलाई लुम्बिनी डोर्‍याउने काममा ठूलो सहयोग छ ।’ लुम्बिनीको सौन्दर्यताका लागि पनि बिहार महत्वपूर्ण हुन् ।

    तर बौद्धमय छैन

    तीन महिनाअघि थाइल्याण्डबाट आएको भ्रमण टोलीले जिज्ञासा राखेको थियो, लुम्बिनीमा बुद्ध स्तुतीका धुनहरु सुनिएनन् । नेपाली पर्यटक, जसले बौद्ध धर्ममा रुची राख्छ उनीहरु पनि लुम्बिनीको शान्ति माहोलप्रति सन्तुष्ट भने छैनन् ।

    लुम्बिनी बुद्ध जन्मस्थल भएर पनि बौद्धमय नभएकोमा धेरैलाई चिन्ता छ । लुम्बिनीमा देखिने गरी बौद्ध संस्कृति झल्किने क्रियाकलापहरु हुँदैनन्। हरेक मुलुकका बिहारको आफ्नै संस्कृति, कला छ तर त्यो मात्रै बन्द कोठामा सीमित छ । पत्रकार छेटु शेर्पा भन्छन, ‘लुम्बिनी आउँदा शान्ति धुन पनि सुन्न नपाउनु दुःखद पक्ष हो, यहाँका हरेक बिहार, गुम्बा र बाहिर रहेका होटलहरुमा समेत बौद्धसम्बन्धित क्रियाकलाप हुनुपर्छ ।’

    राजनीतिक किचलो

    जुन स्थानमा बुद्ध जन्मिए त्यही स्थानमा बौद्ध शिक्षाविपरीतका गतिविधि छन् । चार दशकअघि युनेस्को र नेपाल सरकारले अनुमोदन गरेको लुम्बिनी गुरुयोजनाको काम अझै सकिएको छैन । यसको मुख्य जड विकास कोष राजनीतिक भूमरीमा फस्नु हो ।

    लुम्बिनी गुरुयोजनाको मूर्त रुप दिनका लागि बनेको विकास कोष कार्यकर्ता भर्तिको केन्द्र बन्यो । सरकारैपिच्छे विकास कोषका पदाधिकारी फेरिए । पदाधिकारी बन्नमा आर्थिक चलखेल भयो । त्यो चलखेलको प्रत्यक्ष मारमा गुरुयोजना पर्‍यो । लुम्बिनीको विषयमा अबुझहरु कोषको नेतृत्वमा बारम्बार आए । शान्ति भूमिमा आन्दोलन र द्वन्द्व अत्याधिक भयो ।

    ‘लुम्बिनीलाई राजनीति गर्ने अखडा बनाउनु नै सबैभन्दा गलत काम हो, पूर्व सदस्यसचिव विमलबहादुर शाक्य भन्छन, ‘राजनीतिबाट मुक्त नहुँदासम्म यसको विकास हुनै सक्दैन ।’ अपनत्व, वफदारिता र सदाचारिता विकास कोषका पदाधिकारीमा हुनुपर्ने उनी बताउँछन् ।

    पदाधिकारीकै कमजोरीका कारण टांगेले बनाएको गुरुयोजना उथलपुथल भएको छ । बौद्धकालकै सुन्दर बगैचा बनाउने योजना तोडिमोडिएको छ । कतिपय विदेशी संस्थाहरुले लुम्बिनीलाई प्रचारको थलो बनाएका छन् । संरचनाहरु गुरुयोजनाविपरीत बनाइएको छ । मायादेवी मन्दिरकै खतरा निम्तने गरी अग्ला संरचना निर्माणमा छुट दिइएको छ । यस्तो लापरवाहीले लुम्बिनीको भविष्य संकटमा पर्ने पुरातत्वविद्को चिन्ता छ ।

    वातावरणीय प्रदुषण, मायादेवी मन्दिर परिसरमै अमानवीय क्रियाकलाप, बिहारभित्रका गुप्त गतिविधि लुम्बिनीका मुख्य चुनौति हुन् । सुरक्षाका दृष्टिले समेत बुद्धिष्ट मिनि वल्र्ड अर्थात लुम्बिनी संकटग्रस्त छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij