images

बिहिवार, चैत्र १५ गते २०८०

कृषि पर्यटनको आवश्यकता र सम्भावना

कृषि पर्यटनको आवश्यकता र सम्भावना

images
images
images
बुधवार, आश्विन २७ २०७८
बुधवार, आश्विन २७ २०७८
  • कृषि पर्यटनको आवश्यकता र सम्भावना

    कृषि पर्यटन ? झट्ट सुन्दा लाग्छ कृषि भनेको खेतीपाती गर्ने हो, यो किसानको काम हो । अनि यसमा कहाँबाट आयो पर्यटन ? हो कृषि पर्यटनको कुरा सुन्दा जो कोहीको मनमा पहिलो आउने वाक्य हो यो । तर पछिल्लो समयमा कृषि पर्यटनमा राम्रो सम्भावनाको विकास हुँदै गएको छ । नेपालमा पछिल्लो समयमा कृषि क्षेत्रमा आश्रित जनसंख्या ६५ दशमलव ६ प्रतिशत हो । केही वर्ष पहिला करिब ८० प्रतिशतसम्म नेपालका जनता कृषि पेशामा आश्रित थिए । तर यो संख्या विस्तारै घट्दै गएको छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार कृषिमा आश्रित जनसंख्या मात्रै होइन, कृषियोग्य भूमि पनि विस्तारै खुम्चिदै गएको छ ।

    images
    images
    images

    राष्ट्रिय कृषि गठना २०६८ को तथ्यांक अनुसार जग्गा भएका परिवारहरुको संख्या कुल ३७ लाख, १५ हजार ५ सय ५५ परिवारको छ । जुन संख्याको परिवारले कुल २५ लाख २२ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा खेती गरेको पाइन्छ । यस्तै जग्गा नभएको परिवार संख्या कुल १ लाख १५ हजार ५ सय ५३ परिवार रहेका छन् ।

    केन्द्रीय तथ्यांक विभागको तथ्यांक २०६८ अनुसार जम्मा सिंचित क्षेत्र नेपालमा १३ लाख १३ हजार ४ सय ६ हेक्टर रहेको छ । जम्मा खेतीयोग्य जमिन भने कुल २१ लाख ६२ हजार २ सय ५१ हेक्टर रहेको छ । लुम्बिनी प्रदेशमा पनि खेतीयोग्य भुमि खुम्चिदै गएको छ ।

    प्रदेश योजना आयोगको तथ्यांक अनुसार यस प्रदेशमा प्रमुख खाद्यान्न बालीको रूपमा धान, मकै, गहुँ, कोदो, फापर र जौं उत्पादन हुने गर्दछ । समग्रमा खाद्यान्न बचत हुने प्रदेशको रूपमा रहे पनि खाद्यान्नको पहुँच समान छैन । प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा करिब ११३५.३ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । धान उत्पादकत्वको हिसाबले राष्ट्रिय औसत (३.३७ मेट्रिकटन प्रतिहेक्टर) भन्दा बढी रहे पनि प्रदेशहरूको तुलना गर्दा तेस्रो स्थानमा रहेको छ । यस प्रदेशको धानको औसत उत्पादकत्व करीब ३.४६ मेट्रिकटन हेक्टर रहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा करीब ३०८.० हजार मेट्रिकटन मकै उत्पादन भएको थियो ।

    यस प्रदेशको मकैको औसत उत्पादकत्व करिकब २.३ मेट्रिकटन प्रतिहेक्टर रहेको छ जुन राष्ट्रिय औसत (२.५ मेट्रिकटन) भन्दा कम छ । त्यसै गरी गहूँ उत्पादन पनि यस प्रदेशका सबै जिल्लामा हुने गर्दछ । राष्ट्रिय रूपमा गहुँ उत्पादनमा यो प्रदेशको स्थान दोस्रो रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा करीब ४५७.३ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो । गहुँ उत्पादनको उत्पादकत्वको हिसाबले यस प्रदेशको उत्पादकत्व २.९६ मेट्रिकटन प्रतिहेक्टर रहेको छ जुन राष्ट्रिय औसत (२.५ मेट्रिकटन ) भन्दा बढी हो । यस प्रदेशका सबै जिल्लामा तेलहन र दलहन बालीको उत्पादन हुन्छ । आर्थिक वर्ष २०७३/७४ मा यस प्रदेशमा करीब ५४.३५ हजार मेट्रिकटन तेलहन र ११८.५३ हजार मेट्रिकटन दलहन उत्पादन भएको थियो ।

    खेतीयोग्य भूमि छ तर सिंचाई छैन, भौगोलिक विकटता, उत्पादित वस्तुको बजारीकरण लगायतका उत्पादन भएको वस्तु निर्यात वा भण्डारणमा समेत समस्या हुने भएको कारण कतिपय स्थानमा खेतीयोग्य भूमि बाँजो छाड्ने गरिएको पाइन्छ । त्यस्तै कतिपय स्थानमा सबै सुविधा हुँदाहुँदै पनि आवासको रुपमा ती खेतीयोग्य भूमि प्रयोग भइरहेको पाइएको छ । जुन नेपालको अधिकांश तराईंको जमिनको यस्तो प्रकृतिका दृश्यहरु देखिदै आएका छन् ।

    एकतर्फ कृषियोग्य भूमि खुम्चिनु, अर्कोतर्फ कृषिमा आश्रित जनसंख्या पनि कमी हुँदै जानु आफैमा नेपालको लागि चुनौतिको विषय हो । गाउँघरमा खेतीयोग्य भुमिलाई बाँजो राखेर तराईमा रहेका खेतीयोग्य भूमि मासेर ‘क्रंक्रिटको शहर’ बसाउन परिपाटीको कारण पनि नेपालमा खेतीयोग्य भुमि मासिदै गएको आंकलन गर्न थालिएको छ । 
    क्रंकिटको शहर की कृषि पर्यटन ?

    पछिल्लो समयमा बहसको रुपमा खडा भएको एउटा विषय हो शहर चाहिदैन, कहाँ बस्ने ? नेपालमा वर्षौदेखि भूमिको यथोचित विभाजन छैन् । जसको कारण पहिला जहाँ अली बढी मात्रामा सुविधा भयो त्यही स्थानमा बसोबास गर्ने, खेतीपाती गर्ने र विस्तारै त्यही खेतीलाई मासेर घर घडेरीमा परिणत गर्ने परिपाटीको विकास  हँुदै आएको छ ।
    खासगरी नेपालका अधिकांश ठुला शहरहरु हुन या साना शहरहरु । जुन नदीको किनारामा खेतीयोग्य भूमिमा नै बसेको पाइन्छ । जमिनको यथोजित विभाजन भनेको वास्तवमा अहिले गरेर हुने कुरा होइन, यसलाई पहिलादेखि नै कुन स्थान कहाँ बनाउने भन्ने विषयमा सरकारी निकायबाट नै यसमा नेतृत्वदायी भूमिका निर्वाह हुनु जरुरी थियो, अहिले पनि जरुरी रहेको छ ।

    नेपालका अधिकांश स्थानमा बनेका नयाँ शहरहरु अहिले पनि नदी किनारमा नै रहेका छन् । मानिस सभ्यताको सुरुवात भएको मिश्र घाँटी नदीको किनारा मानिन्छ । सोही अनुसार नै पूर्वीय सभ्यताको विकास हुँदै जाँदा अधिकांश स्थानमा शहरहरु जहाँ सहज रुपमा विकासका पूर्वाधार बनाउन सकिन्छ । त्यही स्थानमा नै भएको पाइन्छ ।  

    अब के गर्ने ?

    खेतीयोग्य भूमि जे जति मसियो, मासियो, अब स्थानीय तहले यो विषयमा निश्चित गुरुयोजना बनाउन आवश्यक छ । नयाँ बन्ने शहर खेतीयोग्य भूमि भन्दा केही बाहिर अर्थात जहाँ आवासीय क्षेत्र विकासको लागि अनुकुल हुन्छ त्यो स्थानमा निर्माण गर्न आवश्यक छ । अहिले बाँकी रहेको जमिनलाई पुनः खण्डीकरण गर्नेतर्फ नभएर बाँकी रहेको जमिन जोगाएर निश्चित क्षेत्र कृषिको लागि मात्रै बेचविखन गर्न पाइने गरी प्रतिबन्ध लगाउनु आवश्यक छ । 

    यसरी कृषियोग्य भूमिमा आधुनिक कृषि खेती प्रणाली, उपयुक्त कृषि भौतिक पूर्वाधार र संचरना विकास गरी कृषि पनि पर्यटन पनि तान्ने प्रकृतिको काम अब गर्नुको विकल्प छैन । नेपालका अझै पनि कतिपय स्थानमा विशेष कृषि पकेट क्षेत्रको रुपमा पहिचान बनाएको छन् ।  

    लुम्बिनी प्रदेशमा कृषिको लागि विशेष रहेका स्थानीयहरुमा गुल्मी जिल्लाको कफि खेती, रुपन्देहीको माछापालन क्षेत्र, पाल्पामा सुन्तला जात (अर्घाखाँची) समेत समेटेर ती क्षेत्रको विकासमा लाग्नुपर्ने आवश्यक छ । खास गरी प्रदेशका पहाडी जिल्लामा बहुमुल्य जडीबुटीको खेती, टिमुर, एभोकाडो, जटामसी, श्रीखण्ड, सतुवा, खेती गर्न सकिन्छ भने मध्यपहाडी क्षेत्रमा आलु पकेट क्षेत्र, तरकारी स्पोसल जोन, टिमुर खेतीका साथै नास्पाती, अमिलो, कागती खेती विस्तार गर्न सकिन्छ । यस्तै तराईका जलाशयमा माछापालन, धान खेतीमा माछा पालन, बंगुर पालन, बाख्रापालन, गाईपालन, भैसी पालन जस्ता विभिन्न विकल्पहरु रहेका छन् ।

    यसरी कृषिको क्षेत्रलाई पनि पर्यटनसंग जोडेर राम्रो आम्दानी लिन सकिने अनेकौ उपायहरु रहेका छन् । पछिल्लो समयमा मानिसको आवश्यकता विस्तारै बढ्दै गएको पाइन्छ । व्यस्त दैनिकीदेखि केही टाढा, केही समयको लागि मनोरञ्जन, सुखी जीवन बताउने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसरी गाउँमा रहेका कृषि क्षेत्रमा भुलाउनको लागि कृषि वातावारण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको छ । 

    हाल यो विषयमा केही प्रयासहरु भएका छन्, गाउँगाउँमा होमस्टे (घरबास) कार्यक्रम जारी छन् भने तराईका क्षेत्रहरुमा कृषि रिर्सोटहरु स्थापना हुने क्रम पनि छ । कृषिलाई पर्यटनसंग जोड्ने र उनीहरुलाई यही धारमा बाँधेर आम्दानी लिन सकिने राम्रो बाटो हो कृषि । 

    रुपन्देहीको छपिया क्षेत्रमा अहिले माछापालनसंगै रिर्सोट स्थापना हुने क्रम विस्तारै बढ्दै गएको छ, जुन कृषि पर्यटनको राम्रो उदाहरण हो । करोडौं लागतमा स्थापना भएका रिर्सोटहरुले कृषियोग्य भुमि उपयोग गरेका छन् तर उत्पादन समेत त्यही खपत हुने, स्थानीयले रोजगार पाउने परिपाटीको पनि विकास हँुदै गएको छ । 
    तराईंको यो कुराहरु मात्रै भए, पहाडी जिल्लामा पनि यस्तै प्रकृतिका नमूना गाउँले रिर्सोट स्थापना गर्न सकेमा राम्रो पर्यटन तान्न सकिन्छ । गुल्मीको कफीलाई कफी गाउँको रुपमा स्थापना गरी कफीका विभिन्न परिकारको स्वादसंगै कफीसंगै बस्ने, कफीका बोटहरुको विषयमा अध्ययन अवलोकन गर्ने, गाउँकै परिकार खाने, गाउँमै भुलाउने वातावरण निर्माण गर्न सकिन्छ । 

    त्यस्तै पाल्पा र अर्घाखाँचीका सुन्तला पकेट क्षेत्रमा पनि सुन्तला गाउँको रुपमा विकास गरी गाउँमा होमस्टे निर्माण गरी सुन्तलाका विभिन्न परिकाहरु समेत बनाएर पर्यटक लोभ्याउन सकिन्छ, सुन्तलाको जुसलाई विभिन्न नाम दिएर ब्रान्डिङ गरी विक्रीवितरण गर्ने, सुन्तला सुकुटी बनाउने, सुन्तलाको जुस, प्राकृतिक रुपमा सुन्तला भण्डारण गर्ने सेलर स्टे समेत बनाएर पर्यटक लोभ्याउन सकिन्छ । 

    पर्यटन लोभ्याउने विभिन्न प्राकृतिक वातावरण नेपालमा कर्यौं छन् ती वातावारणसंगै कृषिलाई समेत जोड्न सकेमा अझ यसले व्यापकता पाउनेमा दुईमत छैन । पहाडका खोला किनारामा रहेका झरनामा पनि रेन्वो ट्रउट माछा पालन गर्न सकेमा प्रकृतिको आनन्द लिदै रेन्वो माछाको स्वाद लिन आउने पर्यटकको कमी हुँदैन । योतर्फ पनि ध्यान दिन जरुरी रहेको छ । 

    जुन स्थानमा जे उत्पादन हुन्छ, त्यही उत्पादनलाई कसरी विश्वभरी नै चिनाउने भन्ने खालको कार्यक्रम स्थानीय तहले पनि ल्याउन जरुरी रहेको छ । गाउँगाउँमा सिंहदरबारको चर्चा धेरै सुनिएको पाइन्छ । तर तीनै सिंहदरबारहरुले ठोस रुपमा गाउँको पहिचानलाई बजारीकरणको लागि खास कदम चालेको पाइँदैन । योतर्फ  सोच्न आवश्यक छ ।
    आन्तरिक पर्यटक मात्रै होइन विभिन्न विदेशी पर्यटकहरुलाई समेत नेपालमा विभिन्न स्थानमा गरिने नमुना कृषि प्रर्दशनीमा समेत सहभागिता गराउन सकिन्छ । विभिन्न कृषिका विद्यार्थीहरुलाई नेपालका पाखो बारीमा उत्पादन भएका विभिन्न उत्पादनहरुको विषयमा अध्ययन गर्ने थालेको रुपमा समेत विकास गर्न सकिन्छ । जसबाट विदेशी रुपैयाँ समेत आम्दानी गर्न सकिने गतिलो बाटो कृषि बन्न सक्ने छ । 

    कृषि मात्रै होइन, पशुपंक्षी पालन गरी राम्रो आम्दानी मात्रै होइन, प्राकृतिक आनन्द समेत लिन सकिन्छ  । नेपालमा पछिल्लो समयमा कालिज पालन व्यवसाय विस्तारै विस्तार हुँदै गएको छ । कालिजको साथै विभिन्न बहुरंगी कुखुरापालन, फरकफरक प्रकृतिका पशुपंक्षीपालन गरी पर्यटक लोभ्याउनुको साथै व्यापार व्यवसाय समेत गर्न सकिने राम्रो माध्यम बन्न सक्छ । 

    कृषि प्रणालीलाई परम्परागत ढंग भन्दा पनि फरक आधुनिक, कम लागतमा बढी प्रतिफल आउने गरी गर्न सकेमा यसले स–सानो क्षेत्रबाट समेत बढी भन्दा बढी उत्पादन लिन सकिन्छ । यसको उदाहरण विभिन्न विदेशी देशहरु रहेका छन् । ती देशहरुबाट पाठ सिकेर पनि स्वदेशमा अब बाँकी रहेको खेतीयोग्य भूमिलाई जोगाउन सकेमा पनि आगामी पुस्ताले हामीलाई सम्झिरहनेछ ।

    (लेखक : कृषि पत्रकार महासंघ लुम्बिनी अध्यक्ष तथा जेटीए हुन् ) 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij