
मंगलवार , कार्तिक ४, २०८२
काठमाडौं, ४ कार्तिक । यस पटकको तिहारमा ढाका टोपीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।
काठमाडौंको न्युरोड, ललितपुरको पाटन लगायतका क्षेत्रमा तिहारको भाइटिकाका लागि ढाका टोपीको व्यापार हुने गरेको थियो । यस वर्ष गत वर्षजस्तो टोपीको व्यापार नभएको उनीहरुको गुनासो छ ।
सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएपनि जेनजी आन्दोलनको कारण धेरै शोकमा परेको हुँदा सोचेजस्तो व्यापार हुन नपाएको एक व्यवसायीले गुनासो गर्नुभयो ।
आन्दोलनले गर्दा देश शोकमा परेको कारण पनि ढाका टोपीको व्यापार सुस्ताएको उहाँको भनाइ छ । काठमाडौंको न्युरोड, ललितपुरको पाटन, इन्द्रचोक, असन, ठमेललगायतका प्रमुख बजार क्षेत्रमा तिहारको भाइटिकाको अवसरमा ढाका टोपीको व्यापार विगतमा निकै फस्टाउने गरेको थियो । तर यस पटक गत वर्षको तुलनामा टोपीको व्यापार निकै कमजोर भएको व्यवसायीहरूको भनाइ छ ।
नेपालमा ढाका टोपी सांस्कृतिक पहिचानको एक महत्वपूर्ण हिस्सा मानिन्छ । दशैँ, तिहार, विवाह, व्रतवन्ध, तीज, छठलगायतका चाडपर्व र उत्सवहरूमा ढाका टोपीको प्रयोग व्यापक रूपमा हुने गर्छ ।
विशेषगरी तिहारको भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप ढाका टोपी दिने प्रचलनले यो समयमा टोपीको माग उच्च हुने गरेको छ । यद्यपि, यस वर्ष बजारमा सर्वसाधारणले सहजै खरिद गर्न सकिने गरी सस्तो मूल्यमा विभिन्न डिजाइन र गुणस्तरका ढाका टोपीहरू उपलब्ध भएपनि व्यापारले गति लिन नसकेको व्यवसायीहरू बताउँछन् ।
एउटा प्रमुख कारणको रूपमा व्यवसायीहरूले हालैको जेन—जी आन्दोलनलाई औंल्याएका छन्। आन्दोलनका कारण देशमा शोकको माहोल सिर्जना भएको र यसले उपभोक्ताहरूको मनोविज्ञानमा प्रभाव पारेको उनीहरूको बुझाइ छ ।
नेपालमा चाडपर्व दशैँ–तिहार, विवाह, व्रतवन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाईलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन अधिक रुपमा रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij