images

शनिवार, बैशाख १५ गते २०८१

ईपीएलमा भैरहवाले चितवनलाई हरायो

ईपीएलमा भैरहवाले चितवनलाई हरायो

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • ईपीएलमा भैरहवाले चितवनलाई हरायो

    काठमाडौं, १८ असोज ।
    चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्स चितवन टाईगर्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ । चितवनले दिएको १६५ रनको विजयी लक्ष्यलाई भैरहवाले १७ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । भैरहवाको जीतमा प्रदीप ऐरीले सर्वाधिक ७२ रनको योगदान गरे । उनले ४३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे ।

    images

    त्यस्तै तमिम इकबाल ४० रनमा आउट हुँदा उपुल थरङ्गा ३९ रनमा अविजित रहे । रोहित पौडेल छ र आरिफ शेख एक रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे । चितवनका लागि करिम जनतले सर्वाधिक दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले एक÷एक विकेट हात पारे । जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो । भैरहवाले भने तेस्रो जीत हात पारेको हो ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनका लागि करिम जनतले सर्वाधिक ३५ रनको योगदान गरे भने मोहम्मद सहजादले ३२ रन जोडे । सिकुगे प्रसन्नाले २४ रन जोड्दा कमलसिंह ऐरी सात रनमा अविजित रहे । भिस सार्की १६, राजेश पुलामी १४, दिलीप नाथ १३, देव खनाल पाँच र खडक बोहरा एक रनमा आउट भए । भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट लिए भने कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक/एक विकेट लिए । अघिल्ला चार खेल जितेर आठ अंक बटुलेको चितवन अंक तालिकाको शीर्ष स्थानमा यथावत् छ । तीन जीतबाट ६ अंक बटुलेको भैरहवा भने दोस्रो स्थानमा उक्लिएको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij