२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

भैरहवामा पहिलो पटक महिला ब्याडमिन्टन 

शुक्रवार , आश्विन १५, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा । जेसिआई सिद्धार्थ लेडि नेपाल भैरहवाको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। जेसिज सप्ताह अन्तरगत भैरहवामै पहिलो पटक महिला ब्याडमिन्टन प्रतियोगिता भएको हो। 

    प्रतियोगितामा रुपन्देहीमा रहेका आठ बटा सामाजिक संघसस्थाका १६ महिलाको सहभागिता रहेको थियो। जिल्ला ब्याडमिन्टन संघ रुपन्देहीका उपाध्यक्ष गणेश श्रष्ठको प्रमुख आथित्यता, रिमा न्यौपानेको अध्यक्षता, अनुपा पाण्डेको संयोजन तथा लक्ष्मी अधिकारीको सञ्चालनमा भएको कार्यक्रमको निर्णायकमा जीवन अधिकारी रहेका थिए। 

    प्रतियोगितामा लायन्स क्लव अफ सिद्धार्थनगर लेडि युथकी सुदा कुवर र तनु कसौधन प्रथम भएका छन्। त्यसैगरी लायन्स क्लव अफ लोटसका सन्चिता राजभण्डारी र अनीता थापा द्वतिय भएका छन् भने लायन्स क्लव अफ लोटस सिद्धार्थनगरका पार्वती अधिकारी, ललिता बोछार तथा लायन्स क्लव अफ क्रियटिभ लेडिका मनिषा पोख्रेल र मिनाक्षी क्षेत्री तृतिय भएका छन्।