२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

काङ्ग्रेस महाअधिवेशन : कोशिष खड्का समुहले सार्वजनिक गर्यो उम्मेदवारी 

बिहिवार , आश्विन ७, २०७८

भैरहवा। नेपाली काँग्रेसको आशन्न १४ औ महाधिबेशन अन्तरगत सिद्धार्थनगर नगर समिति सभापतिमा युवा नेता कोशिषबहादुर खड्काको समेहले उम्मेदवारी घोषणा गरेका छ। बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै खड्काको समुहले उम्मेदवारी घोषणा गरेको हो। खड्काले पदाधिकारीको प्यानल बनाएर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। 

खड्का समूहबाट उपसभापतिमा देवराज न्यौपाने र किरणकुमार घिमिरे उम्मेदवारी घोषणा गरेका छन्। यस्तै, सचिवमा अनिलकुमार केसी र हरिमाया गुरुङ, सहसचिवमा आदर्श गुरुङ (एडी) र कृष्णकुमार चाई उम्मेदवारी घोषणा गरेका छन्। खेल क्षेत्रबाट उदाएका पार्टिको १२ औ महाधिबेशनबाट पार्टिको विभिन्न कमिटीमा रहेर काम गरेको बताए। 

आफ्नो समूहको उम्मेदवारी घोषणा गर्दै खड्काले राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति सदा प्रतिबद्ध भई नेपाली कांग्रेसका सम्पूर्ण अभियानलाई नगरबासीसँग जोड्नका लागि आफ्नो समुहले उम्मेदवारी दिएको बताए। ‘जनता र पाटर्टीको सम्बन्धलाई अझ प्रघाढ बनाउन विभिन्न अभियान चलाउने छु’, उनले भने। आफ्नो समुहले निर्वाचन जिते आउने स्थानिय निर्वाचनमा पार्टिका उम्मेदवारलाई बढी भन्दा बढी उम्मेदवारलाई बिजयी बनाउछौ। उनले काँग्रेसका नगरभित्र क्रियाशील महिला, मधेशी, मुस्लिम, जनजाति, दलित, थारु, खसआर्य र अल्पसंख्यक समुदायहरुमा सहभागिता, सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नेछु’, उनले भने, ‘जसले गर्दा निर्वाचनमा परिणाम ल्याउन सहज हुनेछ।’ उनले नगरमा पार्टीका भेलाहरु नियमित गर्ने, पार्टीलाई बलियो बनाउन कार्यक्रम गर्नुका साथै अभियान चलाउने, क्रियाशील सदस्यहरुसँग निरन्तर सल्लाह गरी सहमति गर्दै सहयोग लिएर अगाडि बढ्ने, नगरका सबै वडामा पार्टीका आफ्नै छुट्टै वडा कार्यालय स्थापना गर्न पहल गर्ने लगाएतका प्रतिबद्धता सार्वजनिक गरेका छन्। 
उनले नगर क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, खानेपानी, यातायातको प्रबन्ध गर्नका लागि तीनै तहका सरकारहरुसँग पहलकदमी गर्ने जनाएका छन्।

आफुलाई सभापतिका आठ जना आकांक्षीहरुमध्ये गोपालमान राजभण्डारी, लेखनाथ भट्टराई, यमबहादुर थापा, गोविन्दप्रसाद बस्यालले समर्थन गरेको खड्काले जनाएका छन्।  उपसभापति पदका उम्मेदवार देवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। 

यही असोज ९ गते काँग्रेस सिद्धार्थनगर नगर समितिको १४ औं अधिवेशन हुँदैछ। संजीव शर्मा रेग्मी नेतृत्वको प्यानलले यस अघि नै आफ्नो उम्मेदवारी घोषणा गरेको छ।