images
images

शुक्रवार, जेठ ४ गते २०८१

नेपालकालागि नेपाली पार्टी रुपन्देहीको भेला सम्पन्न

नेपालकालागि नेपाली पार्टी रुपन्देहीको भेला सम्पन्न

images
images
images
मंगलवार, भाद्र २९ २०७८
मंगलवार, भाद्र २९ २०७८
  • नेपालकालागि नेपाली पार्टी रुपन्देहीको भेला सम्पन्न

    भैरहवा, २९ भदौ । 
    नेपालकालागि नेपाली पार्टी जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सोमबार तिलोत्तमाको भलवारीमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय महासचिव जयन्द्र विर सिंह बस्नेतले देशलाई एकताको सुत्रमा बांध्नुपर्ने आवश्यकता रहेको बताए । उनले पृथ्वीनारायण शाहलाई राजा मात्र नभई राष्ट्रनिर्माता पनि भएकाले उहाँलाई अपमान गर्न नपाइने बताए । विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यका लागि नेपालकालागि नेपाली पार्टीको स्थापना गरिएको उनले बताए । 

    images
    images
    images

    राजनीतिको परिभाषा बदल्न खोजेका छौं, राजनीति भनेको समाजसेवा हो,’ महासचिव बस्नेतले भने । रोजगारी सिर्जना गर्ने राज्यको दायित्व भए पनि राज्यले त्यसतर्फ ध्यान दिन नसकेको उनको भनाइ थियो । एमसीसी आफैमा खराब नभएको पनि त्यसको नियत खराब रहेको उनले बताए । ‘हामी नागरिकलाई कांग्रेस, कम्युनिष्ट बनाउँदैनौ, नेपाली बनाउन खोजेका छौं, सबै जना अट्ने पार्टी स्थापना गरेका छौैं, ’उनले भने । वर्तमान समयमा धर्म संस्कृतिमाथि प्रहार भएको उनले बताए । विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालमा धर्मनिरपेक्षता लादिएको तथा राजसंस्थालाई फाल्ने काम गरिए पनि त्यो नेपाली जनताको चाहना नभएको उनको तर्क थियो । 

    नेपालकालागि नेपाली पार्टी जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष गोपाल प्रसाद शर्माले राजनीतिप्रति त्यत्ति चासो नभए पनि देश र सन्ततिका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले पार्टीमा लागेको बताए । उनले केही योगदान गर्नुपर्छ भन्ने प्रणका साथ नेपालकालागि नेपाली पार्टीमा आबद्ध भएको बताउ । २०४६ देखि हालसम्म जनताले कुनै उपलब्धी पाउन नसकेको उनले बताए ।

    रुपन्देही नागरिक समाजका अध्यक्ष क्याप्टेन रेशम केसीले नेपालकालागि नेपाली शब्दले मन छुने बताए । उनले जनप्रतिनिधिलाई संसद्भित्र लड्न भनेर जनताले जिताएर नपठाएको बताए । उनले जनता समयमै जागरुक हुनुपर्ने र योग्य व्यक्तिलाई मत दिनुपर्ने बताए ।

    नेपालकालागि नेपाली पार्टी जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष गोपाल प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष गोविन्दराज पाण्डेको स्वागत तथा सचिव दीपक केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भेला तथा कार्यक्रममा १८ जना नेपालकालागि नेपाली पार्टीमा प्रवेश गर्नुभएको पार्टीका रुपन्देही जिल्ला सचिव दीपक केसीले जानकारी दिए ।

    IMG_3877.JPG

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij