२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

मर्यादित भएर संसदमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

आइतवार , भाद्र २७, २०७८

काठमाडौं, २७ भदौ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलको आज बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उनले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न निर्देशन दिए ।
 एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले संसद् अवरुद्ध गर्ने, नाराबाजी गर्ने, मर्यादित भएर प्रस्तुत हुने र निर्धारित रुपमा तोकिएको नारा मात्र लगाउन आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिए ।

“माइकले हान्ने पार्टीको कुनै पनि योजना थिएन, काँध चढेर मर्यादापालकको घेरा तोड्न खोजेजस्तो देखियो, त्यस्तो होइन, हामी मर्यादापालकको घेरा तोडेर जान चाहदैनौँ”, उनले भने, “मर्यादा पालकले पनि हामीलाई स्थान दिनुपर्छ, ठाउँ नहुँदा तनावको स्थिति सिर्जना हुन्छ ।” ओलीले सीमाभित्र रहेर मर्यादापालक परिचालन गर्न सत्तापक्षलाई आग्रह गर्दै आफूहरु धेरै वादविवादमा जान नचाहेको उल्लेख गरे । रासस