२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग 

शनिवार , भाद्र २६, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • बुटवल, २६ भदौ ।

    अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ पटौटीस्थित पटौटी स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । अर्घाखाँची दिगो विकास केन्द्र काठमाडौंको सहयोग तथा नेपाली कांग्रेस पाणिनी–४ पटौटिको समन्वयमा उक्त अक्सिजन कन्सन्ट्रेटर शुक्रबार नेपाली कांग्रेसका महासमिति सदस्यद्वय डा. जयबहादुर टण्डन र डा. मुक्ति प्रसाद श्रेष्ठको आतित्यतामा हस्तान्तरण गरिएको हो । 

    अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर आएसँगै बिरामीको उपचार तथा हेरचाहमा थप सेवा मिल्ने बताइएको छ । कोरोना महामारीको यो विषम परिस्थितिमा अक्सिजनको अभावले कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सहयोग गरेको डा. टण्डनले बताए । प्रदान गरिएको अक्सिजन कन्सन्ट्रेटरले वातावरणीय रुपमा नै अक्सिजन उत्पादन गर्ने भएकोले उपयोगको लागि अत्यन्तै सहज भएको डा. श्रेष्ठले बताए ।

    कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य तथा वरीष्ठ नेता श्याम नाथ काश्यप, नेपाली कांग्रेस वडा सभापति धर्मराज घिमिरे लगायत क्षेत्रीय प्रतिनिधि नारायण हरि घिमिरे, शालिकराम घिमिरे, विनोद घिमिरे, ठाकुर घिमिरे लगाएत पटौटीका सबै राजनैतिक दलहरुको समेत उपस्थिति रहेको थियो । उक्त सहयोग प्रदान गर्ने डा. जय बहादुर टण्डन र डा. मुक्ति श्रेष्ठलाई स्वास्थ्य चौकीको तर्फबाट अ.हे.ब चन्द्रमणी भट्टराईले धन्यवाद दिएका थिए । कार्यक्रम पाणिनी–४ का वडाध्यक्ष थानिश्वर घिमिरेको अध्यक्षता र स्वास्थ चौकीका सि.अ.हे.ब गणेश प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।