२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

कांग्रेस सिद्धार्थनगर उपसभापतिमा देवराज न्यौपानेको दावेदारी

बुधवार , भाद्र २३, २०७८

  • 6.6K
    Shares
  • 6.6K
    Shares
  • भैरहवा, २३ भदौ ।
    नेपाली कांग्रेसको सिद्धार्थनगरको उपसभापति पदमा देवराज न्यौपानेले उम्मेदवारी दिने जनाएका छन् । उनले सामाजिक सञ्चाज फेसबुकमार्फत नगरको उपसभापति पदमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसार सुरु गरेका छन्। यही भदौ २७ गते हुने नेपाली कांग्रेस सिध्दार्थनगरको अधिवेशनमा नगर उपसभापति पदको लागि आफूले उम्मेदवारी दिने घोषणा गरेको न्यौपानेले जनाए ।

    राष्ट्रियताको पहरेदार, लोकतन्त्रको हिमायती, समाजवादको पक्षधर नेपाली कांग्रेसमा आबद्ध हुँदै विगत लामो समयदेखि सक्रिय भइ कार्य गर्दै आइरहेको अवस्थामा नगर समितिमा बसेर काम गर्ने योजना अनुसार उम्मेदवारी दिने घोषणा गरेको उल्लेख गरे । न्यौपानेले युवाहरूको अन्तर्राष्ट्रिय संस्था जेसीआई सिद्धार्थ, नेपालदेखि लिएर लायन्स क्लब लगायतका सामाजिक संघ–सस्था र सञ्चार क्षेत्रमा समेत आबद्ध भएर काम गरेको अनुभवका आधारमा आफू उपसभापतिका लागि अघि बढेको बताए ।