images

बिहिवार, बैशाख २० गते २०८१

माधव नेपालको पार्टी पानीको फोका जस्तै हो : विष्णु पौडेल

माधव नेपालको पार्टी पानीको फोका जस्तै हो : विष्णु पौडेल

एमाले एक्लै निर्वाचनमा जित्न सक्छ

images
images
images
बुधवार, भाद्र २३ २०७८
बुधवार, भाद्र २३ २०७८
  • माधव नेपालको पार्टी पानीको फोका जस्तै हो : विष्णु पौडेल

    भैरहवा, २३ भदौ ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पानीको फोका जस्तै भएको टिप्पणी गरेका छन् । उनले अरु पार्टीको आर्शीवाद लिएर नेकपा (एस)को भविष्य नरहेको र सिद्धान्तको आधारित विभाजन नभएकाले विभाजनको समेत औचित्य पुष्टि हुन नसक्ने दावी गरे ।

    images
    images
    images

    प्रेस चौतारी नेपाल, रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले उपमहासचिव पौडेलले माधव नेपालले नयाँ पार्टी गठन गरेर दाजुभाइसंग रिस उठ्यो भने आमालाई वञ्चरो हान्ने काम जस्तो गरेको बताए । ‘यो गम्भिर अपराधकर्म हो, इतिहासले माफी दिदैन, नेकपा एसले कांग्रेस, माओवादी र जसपाको सहारा लिनुपर्छ, ’उनले भने । २०५४ सालमा एमाले विभाजन पश्चात माले गठन भए पनि २०५६ सालको निर्वाचनमा मालेले एउटा सिट पनि जित्न नसकेको बताए । 
    ‘एक्लै चुनाव लडेर जमानत जोगाइदिनुस्, कुनै वडामा जमानत जोगाउन सक्ने अवस्था छैन, एक्लै निर्वाचन लड्ने आँट नभएकाले अरुको सहारा लिनुभएको छ, ’उपमहासचिव पौडेलले भने । माधव समुहमा अवसरवाद रहेको उनको भनाइ छ । जनताको बहुदलीय जनवाद छोडेर जानु विचार र दृष्टिकोणले अवसरवाद भएको पौडेलले बताए । उनले अन्यौलमा रहेका नेता कार्यकर्तालाई मूल पार्टी एमालेमा फर्कन आग्रह गरे । 

    पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका नेता पौडेलले आफ्नो पार्टी अध्यक्षलाई विश्वासको मत नदिने र प्रतिपक्षी दलका नेतालाई विश्वासको मत दिएर संसदको मोह भए जस्तो देखाउने काम गरिएको बताए । उनले विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाएर संसदीय प्रणालीमा घिनलाग्दो अभ्यास भएको बताए । वैधानिक र कानूनी व्यवस्था अनुसार एमालेलाई विभाजन गर्ने तागत नभएका कारण अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने खेल भएको उनको भनाइ छ । राष्ट्रिय राजनीतिको मुख्य शक्ति नै एमाले रहेको उनले दावी गर्दै एक्लै निर्वाचन लड्ने आंट नभएका कारण अहिले सतारुढ दलहरुले महागठबन्धन बनाउने कुरा गरिरहेको बताए । ‘एमाले एक्लै निर्वाचन जित्न सक्छ र अरुलाई एक्लै परास्त गर्न सक्छ, ’उनले भने

    सभामुखले पदको दुरुपयोग गर्नुभयो 

    प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा सभामुख नभइ पार्टीको कार्यकर्ताका रुपमा प्रस्तुत भएको नेता पौडेलले आरोप लगाए । पार्टी निर्णयको उल्लंघन गर्ने सांसदबाट पदमुक्त गर्नु भन्ने एमालेको पत्रलाई वेवास्ता गर्नु गलत भएको उनले बताए । ‘पदको दुरुपयोग गरेर सभामुखबाट भएको गतिविधि ठीक छैन, ’उनले भने । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचिथ प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले राज्यशक्तिको दुरुपयोग गरेर एमालेलाई किनारा लगाउने नसकिने पौडेलले दावी गरे ।

    सुकुम्बासीको समस्या समाधान गर्ने विषयमा सरकार विपक्षमा

    केपी ओली नेतृत्वको सरकारले गठन गरेको भुमि सम्बन्धी समस्या समाधान आयोग विघठन गरेर शेर बहादुर देउवा नेतृत्वको सरकार सुकुम्बासीको समस्या समाधानका लागि विपक्षमा रहेको पौडेलले दावी गरे । उनले भने, ‘सुकुम्बासी बस्तीमा गएर बुझे हुन्छ, सुकुम्बासीको पक्षमा कसले आवाज उठाउँदैछ । ’एमसीसीको विषयमा सरकारको कदम अनुसार एमाले अगाडी बढ्ने बताए । अहिले बच्चा जन्मनु पूर्व नै नाम नराखौं, ‘उनले भने । जनताको समस्या समाधान गर्न सरकार जिम्मेवार नभएको र कानमा तेल हालेर बसेको उनले आरोप लगाए ।

    प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष अमृत गिरीको अध्यक्षता तथा सचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij