२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

सहकारी पुर्नगठनसम्बन्धी अन्तरक्रिया

आइतवार , भाद्र २०, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २० भदौ । 
    सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सहकारी पुर्नगठनसम्बन्धी अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । नगरभित्रका ३० वटा सहकारीका अध्यक्ष र १ जना पदाधिकारी गरी ६० जना सहकारी प्रतिनिधिहरु सहभागि रहेको कार्यक्रममा नगरपालिकाका अधिकृत कमलकान्त खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । 

    कार्यपत्रमाथि सहकारी विज्ञ चन्द्रकान्त भट्टराईले टिप्पणी गरेका थिए । उनले सहकारीले वर्तमान अवस्थामा गर्नुपर्ने कामका व्यवहारिकताका बारेमा प्रकाश पारेका थिए । 

    नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख उमा काफ्ले, आर्थिक उपसमिति संयोजक थानेश्वर पौडेल, सदस्य रुपा पुन, सहभागिकोतर्फबाट गंगाराम भट्टराई, शान्ति अधिकारी लगायतले बोलेका थिए । नगरपालिकाका कृषि शाखा अधिकृत योगेन्द्रनाथ यादवले गरेका थिए ।

    कार्यक्रममा स्थानीय सरकारको कार्यक्षेत्र, सहकारी एकीकरण गर्न नसकिने अवस्थाहरु, सहकारी एकीकरण प्रकृयाका विविध पक्षहरु लगायतका विषयमा पनि छलफल भएको थियो ।