images
images

बिहिवार, जेठ ३ गते २०८१

कांग्रेस महाधिवेशन : वडादेखि नै युवा नेतृत्व स्थापित

कांग्रेस महाधिवेशन : वडादेखि नै युवा नेतृत्व स्थापित

images
images
images
आइतवार, भाद्र २० २०७८
आइतवार, भाद्र २० २०७८
  • कांग्रेस महाधिवेशन : वडादेखि नै युवा नेतृत्व स्थापित

    काठमाडौँ, २० भदौ : राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ ।
     
    युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् । ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा १९ वर्षीय युवतीले वडा सभापति जीत हात पारेपछि सामाजिक सञ्जालमा बधाई दिनेको सङ्ख्या बढेको छ । सञ्जालमा धेरैले ‘अब देशमा केही हुन्छ’ भनी सकारात्मक सन्देश प्रवाह गरेका छन् ।
      
    दैलेख जिल्ला दुल्लु नगरपालिका–३ को सभापतिमा १९ वर्षीय स्वस्तिका महत निर्वाचित भएपछि पार्टीका नेता कार्यकर्ता मात्र नभइ अन्य दल एवं क्षेत्रबाट पनि बधाई सन्देशको ओइरो लागेको हो । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख कांग्रेस काठमाडौँ क्षेत्र नं ३ की सचिव शान्ति नेपालले सामाजिक सञ्जालमा लेखेकी छन्– ‘देशभरिका युवा तथा महिलालाई गतिलो सन्देश, महिला पनि नेतृत्व लिन तयार’ । 
     
    केन्द्रीय सभापतिमा ६० पार गरिसकेका पाका नेताहरुले दाबी गरिरहेका बेला पार्टीको सबैभन्दा तल्लो निकायमा १९ वर्षका युवा पुग्दा पार्टीमा क्रियाशील युवा समूहमा रक्तसञ्चार भएको छ । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महतले वडाका पार्टी नेता कार्यकर्ताले गरेको विश्वासलाई कायम राख्दै नमूनाका रुपमा काम गर्ने प्रतिक्रिया दिएकी छन् । 
     
    महत सम्भवतः देशभरका वडामा कान्छो सभापतिका रुपमा निर्वाचित भएकी छन्। युवा त्यसमा पनि महिला सानै उमेरमा राजनीतिक नेतृत्वमा पुग्नुलाई युगको सन्देशका रुपमा विश्लेषण गर्नेको सङ्ख्या पनि सामाजिक सञ्जालमा धेरै छ । रचनात्मक राजनीतिमा युवा अझै सक्रिय हुनुपर्ने आशयको पोष्ट पनि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा भएको छ ।
      
    खेमराज बस्नेतले युवा विरक्तिएर विदेश पलायन भएका बेला १९ वर्षीया युवती पार्टीको वडा तहको नेतृत्व लिन सफल हुनुले सकारात्मक सन्देश दिएको सामाजिक सञ्जालमा लेखेका छन् । महतलाई सामाजिक सञ्जालमा बधाई दिने पनि धेरै छन् । धेरै सञ्चारमाध्यमले यो विषयलाई प्राथमिकताका साथ समाचारमा समेटेका छन् । नरेशप्रसाद जोशीले सामाजिक सञ्जालमा ‘केही गर्न सकिदैन, परिवार गरिब छ, राजनीति धनीले गर्ने हो, हामी केटी मान्छे चार जनाको अगाडि बोल्न त लाज मान्छौँ, यी र यस्तै यावत् चिन्तामा रहनुभएका दिदीबहिनी र महिलामित्रको लागि प्रेरणाको खम्बा सावित भइन् स्वस्तिका महत’ भन्ने वाक्यांश लेखेका छन् ।
      
    बाँकेको नेपालगञ्ज मेडिकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) गरेर फर्कीएकी महत बाबु स्वर्गीय भूपेन्द्र महतको राजनीतिक इच्छा पूरा गर्न राजनीतिमा प्रवेश गरेकी हुन् । दैलेख कांग्रेसको उपसभापति भइसकेका भूपेन्द्रको राजनीतिबाट समाज रुपान्तरण गर्ने अभियान पूरा गर्न आफू राजनीतिमा लागेको उनको भनाइ छ । 

    यसैगरी अछामको मङ्गलसेन नगरपालिका–१६ मा पनि २२ वर्षीय युवती वडा सभापति निर्वाचित भएको समाचार सार्वजनिक भएको छ । मङ्गलसेन नगरपालिका–१६ मा जानकी रावल (भण्डारी) सभापति निर्वाचित हुनुभएको हो । दैलेख र अछामका अन्य वडामा पनि युवा नेतृत्व निर्वाचित भएको कांग्रेसले जनाएको छ । लामो समयदेखि नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको महाधिवेशन नभएकाले पनि युवा विद्यार्थी कांग्रेसकै महाधिवेशनमा उम्मेदवार बन्न थालेका छन् । राजनीतिका माध्यमबाट समाजमा केही गरेर देखाउने सोच बनाएका युवालाई पार्टीको सबै तहको नेतृत्वमा स्थान दिनुपर्ने कांग्रेस काठमाडौँका नेता बुद्धिमान तामाङले बताए ।
     
    लोकतन्त्रको पर्याय दाबी गरेपनि कांग्रेसले समयमा पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाको स्वस्थ अधिवेशनसमेत नगराएको टिप्पणी हुने गरेको छ । वडा तहसम्म लोकतान्त्रिक अभ्यासलाई तीव्रता दिन पनि युवा पुस्ता सक्रिय राजनीतिमा आउनुपर्ने धारणा प्रबल बन्न थालेको उनले बताए । रासस

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij