
बिहिवार , भाद्र १७, २०७८
बुटवल। भदौ १७ गतेलाई तय भएको १४ औं महाधिवेशनसंगै उम्मेदवारी घोषणा शुरु भएको छ। बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा ११ मा नेतृत्वका लागी जित बहादुर मल्ल र दुर्गा बहादुर खत्रीले घोषणा गरेका छन्। वडामा निरन्तर एकलौटीमा नेतृत्व गर्दै आएका चित्र बहादुर वर्मा पक्षका दुर्गा बहादुर खत्रीका बिरुद्ध मल्ल उम्मेदवारी दिएका छन्।
बुधबार घोषणा सभा गरि खत्रीले एकल अध्यक्षको उम्मेदबारी घोषणा गरेका छन। आगामी जिल्ला सभापतिको उम्मेदवार मानिएका रामकृष्ण खाडको आशिर्वादमा खत्री चुनावीप्रचार अगाडि बढाएका छन्।
विहिबार उम्मेदवारी घोषणा तथा पत्रकार सम्मेलन आयोजना गरि अध्यक्षका उम्मेदवार जित बहादुर मल्लले नेपाली काग्रेस पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवाद अवलम्बन गरि अघि बढ्ने प्रतिवद्धता जनाए। धेरै लामोसमयपछि महाधिवेसन हुन गैरहेको बेला नेपाली काग्रेसको वडास्तरमा गुठबन्दी रुपमा उम्मेदवारी घोषणा नभई पार्टीको नीति अनुसार गएको उनले दाबी गरे। काग्रेस कार्यकर्ताहरुको भावना अनुसार आफू अगाडि बढेको उनले बताए।
वडामा अध्यक्षका आकांक्षीहरु नेत्र भट्टराई, मुक्ति प्रसाद भट्टराई, बालकृष्ण अर्याल जस्ता दिग्गज ब्यक्तिहरु सहमतिमा जान तयार हुँदाहुँदै एक्कासी घोषणा गरिएको उनले बताए। आफुहरुको गुठको भेला नभएर सबैलाई समेटेर अगाडि बढाउन खोजेको उनले दाबी गरे ।
कार्यक्रममा कद्घर बहादुर रिता रायमाझी विद्यालयका पुर्व अध्यक्ष तथा समाजसेवी कद्घर बहादुर रायमाझी, पुर्व सभापति भिम राना, युवा नेता प्रकाश राना, मुक्ति प्रसाद भट्टराई, लक्ष्मी गौतमले पार्टीमा नया र युवा नेतृत्व आवश्यकता र पार्टीलाई अब्बल बनाउने लक्ष्य अनुसार नया नेतृत्व अगाडि आएको बताए।
अध्यक्ष पदमा कुल बहादुर केसी, सावित्रा टण्डन समेत गरि ७ जना उम्मेदवारका आकांक्षी रहेका छन्। धेरै जनसंख्या रहेको वडाको निर्वाचनले ३० जना खुल्ला, आदिबासी जनजाती, महिलासहित ७५ जना क्षेत्रिय प्रतिनिधि चयन गर्ने छन। कुल ७ सय ५३ जना क्रियाशिल छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij